IME Life New

नियम नमान्ने ११ ब्रोकर र क्यापिटललाई सेबोनले गरायो सचेत, कुन-कुन छन् ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नियम नमान्ने ११ ब्रोकर र क्यापिटललाई सचेत गराएको छ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को दफा १८ (१)को व्यवस्थाको परिपालना नगरेको भन्दै सेबोनले ती ब्रोकर र क्यापिटललाई सचेत गराएको हो। सचेत गराइएका ब्रोकर र क्यापिटलमा ब्लुचिप सेक्युरिटिज, प्रोपर्टी विजार्ड, स्टक्स्कार्टस सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल रहेका छन्।

Crest

यी ब्रोकर र क्यापिटललाई सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा ७क.को उपदफा (१)को खण्ड (क)बमोजिम लिखित रुपमा सचेत गराइएको सेबोनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS