IME Life New

छ्याङ्दी हाइड्रोपावरको १००% हकप्रद शेयर आजबाट बिक्री खुला, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई आज जेठ २३ गतेबाट १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गरेको छ।

Crest

कम्पनीको यो हकप्रदमा शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट अनलाइनन आवेदन दिन सक्नेछन्।

यो हकप्रद शेयरमा लगानीकर्ताले आउँदो असार १२ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ जेठ १ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद शेयरमा खरिद आवेदन दिन पाउनेछन्।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS