IME Life New

स्वास्थ्य बीमा कार्यक्रमको १० वर्षः बीमितको संख्यामा १७८ गुणाको फड्को

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको १० वर्ष पूरा भएको छ। कैलाली जिल्लाबाट २०७२ चैत २५ गते स्वास्थ्य बीमा कार्यक्रमको सुरुआत भएको थियो।

हालसम्म स्वास्थ्य बीमा कार्यक्रमको संस्थागत विस्तार ७७ जिल्लाका ७५० पालिकामा पुगेको छ। यस हिसाबले स्वास्थ्य बीमा कार्यक्रमको भौगोलिक विस्तार निकै प्रभावकारी देखिएको छ। यो नेपालकै सबैभन्दा ठूलो सामाजिक सुरक्षा कार्यक्रमका रुपमा स्थापित भएको छ।

Esewa
Crest

कार्यक्रमले लगभग देशभरि पहुँच पुर्याए पनि ३८२ स्थानीयमा कम्तीमा एउटा प्रथम सेवा विन्दु छन्। जसलाई अझै विस्तार गर्न आवश्यक रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। हाल देशभर ४२५ प्रथम सेवा विन्दु छन्।

कार्यक्रम विस्तारले तीव्रता लिँदा बीमितको संख्यामा तीव्र वृद्धि भएको देखिन्छ। सन् २०१६ देखि २०२४ सम्मको ८ वर्षको अवधिमा बीमितको संख्या १७८ गुणाले फड्को मारेको छ। सन् २०१६ सम्म बीमितको संख्या ३२ हजार रहेकोमा यो संख्या बढेर सन् २०२४ सम्म ५६ लाख ८० हजार पुगेको छ।

स्वास्थ्य बीमा सेवा उपयोग दर आर्थिक वर्ष २०८१।८२ सम्म ९२.८ प्रतिशत पुगेको छ। बीमाशुल्क तिर्ने घरधुरीहरुमा सेवाको उपयोग दर ९३ प्रतिशत रहेको छ। जुन अत्यन्तै उच्च हो।

सरकारले यस कार्यक्रममा अतिगरिब, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रभावकारी रुपमा समेटेको छ। हाल निःशुल्क रुपमा कार्यक्रममा आबद्ध भएका सक्रिय लक्षित व्यक्तिको संख्या १६ लाख ३१ हजार २७९, ज्येष्ठ नागरिक (७० वर्ष माथि) १२ लाख ३६ हजार ५८१ र अतिअशक्त अपांगता भएका १ लाख ९२ हजार ८६५ रहेको छ।

स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ५०५ वटा स्वास्थ्य सेवा प्रदायक संस्था आबद्ध छन्। जसमा सरकारी ४४१, निजी ३७ र सामुदायिक २७ छन्।

सुधारका कदम

  • ओपीडी सेवामाः २५ हजार रुपैयाँसम्मको सीमा।
  • आठ प्रकारका कडा रोगका लागि थप १ लाख रुपैयाँसम्मको सुरक्षा।
  • सेवा सक्रिय हुन लाग्ने समयः १ महिना कायम।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS