IME Life New

६३ लाख रुपैयाँ खर्चेर नेपाल पुनर्बीमाले अन्तर्राष्ट्रिय रेटिङ गराउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वकाे पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङका लागी झण्डै ६३ लाख रुपैयाँ खर्चिने तयारी गरेकाे छ। रेटिङ एजेन्सी एएम बेष्ट एशिया प्यासिफिकलाई रेटिङका लागी कर बाहेक ६५ हजार सि‌ंगापुर डलर सेवा शुल्क भुक्तानी गर्ने गरी चयन गरेकाे छ ।

पुनर्बीमाले बुधबार सार्वजनिक सूचना प्रकाशन गर्दै रेटिङका लागी सि‌ंगापुरमा अवस्थित एमएम वेष्ट एशियाप्यासिफिकलाई चयन गरिएकाे जानकारी दिएकाे छ। रेटिङ सेवाका लागी पुनर्बीमा कम्पनीले प्रस्ताव आह्वान गरेकाेमा अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरु एएमबेष्ट एशिया प्यासिफिक र एसएण्डपि ग्लाेबल दाेश्राे चरणका लागी छनाैटमा परेका थिए । एमएम वेष्टले रेटिङ प्रस्ताव गरेकाे सेवा शुल्कवापतकाे रकम बुधबारकाे विनिमय दर अनुसार ६३ लाख १५ हजार रुपैयाँभन्दा बढी हाे। एक पटक जारी गरेकाे क्रेडिट रेटिङ प्रमाण पत्र एक वर्ष अवधिका लागी मात्र मान्य हुन्छ।

Esewa
Crest

पुनर्बीमाले रेटिङकाे आधारमा अन्तर्राष्ट्रिय बजारमा व्यापार बिस्तार गर्न सहयाेग पुग्ने अपेक्षा नेपाल पुनर्बीमा कम्पनीकाे छ। निजी क्षेत्रकाे पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्याेरेन्सले एक वर्षकाे अवधिमा दुई पटक एएम वेष्ट बाट रेटिङ गराई सकेपनि अन्तर्राष्ट्रिय व्यापार विस्तारमा खासै उपलब्धि हासिल गर्न सकेकाे छैन । हिमालयन रिइन्स्याेरेन्सले एएम वेष्टलाई भुक्तानी गरेकाे रकमकाे आधारमा नेपाल पुनर्बीमाले भुक्तानी गर्न लागेकाे रेटिङवापतकाे सेवा शुल्क उपयुक्त हाे हाेइन अनुमान गर्न सकिन्छ।

रेटिङ एजेन्सी चयनमै ६ महिनाः

सरकारी स‌ंस्थाहरूकाे काममा प्रकृयागत औपचारिकताका कारण कति ढिलासुस्ती हुन्छ भन्ने उदाहरण एएम वेष्टकाे चयन समेत बनेकाे छ। पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय रेटिङ सेवाका लागी २०७९ चैत महिनामा प्रकृया शुरु गरेकाेमा ६ महिनापछि बल्ल सेवा प्रदायककाे छनाैट प्रकृया टु‌ंगाे लगाउन सकेकाे छ।

हिमालयन रिले पहिलाे पटक रेटिङ गराउँदा करिब ६ महिनाकाे अवधिभित्र एएम वेष्ट सि‌ंगापुरले रेटिङ प्रकृया पुरा गरेर रेटिङ प्रमाण पत्र हस्तान्तरण गरेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS