IME Life New

५० अर्ब रुपैयाँ चुक्ता गरेर ऋण मुक्त बन्यो निगम, स्वचालित मू्ल्य प्रणाली लागू गर्न अनिच्छुक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेट्रोलियम पद्धार्थको मूल्यमा स्वचालित प्रणाली लागू गर्न अनिच्छुक रहँदै आएको नेपाल आयल निगमले सरकार र सरकारी स्वामित्वका बैंकसँग लिएको ५० अर्ब रुपैयाँ ऋण चुक्ता गरेको छ। भारतीय बजारको तुलनामा पेट्रोलियम पद्धार्थको मूल्य कायम गर्न नपाउँदा घाटा बढ्दै गएको दाबी गरेको निगमले सबै ऋण चुक्ता गरेर ऋण मुक्त भएको हो ।

निगमका अनुसार सरकारबाट ७ अर्ब, राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब र खरिदवापतको उधारो २४ अर्ब रुपैयाँ चुक्ता गरिएको हो । यो मध्ये सरकारी बक्याैतावापतको अन्तिक किस्ता रकम ७० करोड रुपैयाँ बिहीबार भुक्तानी दिएको छ।

Esewa
Crest
करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम आजदेखि ऋण मुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै मूल्य समायोजन गर्न आनाकानी गर्ने निगम ऋण मुक्त हुँदासमेत मूल्य घटाएको छैन ।पेट्रोलियम पद्धार्थको खरिद मूल्यको तुलनामा बिक्री मूल्य तय गर्न नपाउँदा निगमले २०७७ सालदेखि घाटा व्यहोर्नुपरेको थियो । दुई आर्थिक वर्ष लगातार घाटामा रहेको निगमले गत आव २०७९।८० मा वर्षमा नाफामा ह्वात्तै वृद्धि गरेर १८ अर्ब रुपैयाँ नाफा कमाएको थियो । निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको छ।निगमका अनुसार आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपैयाँ र आव २०७७/७८ मा ५९ करोड रुपैयाँ घाटा थियो ।

निगमले गत असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेकोमा असोजदेखि स्थगन गरिदिएको छ। स्वचालित मूल्य प्रणाली कार्यविधि अनुसार बिक्री मूल्य निर्धारण गर्दा निगमले पेट्रोलमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा राख्न पाउने व्यवस्था छ । अहिले निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ । स्वचालित मूल्य प्रणाली कार्यविधि अनुसार निगम अझै पनि पेट्रोलियमको मूल्य समायोजन गर्न इच्छुक देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS