IME Life New

४३ बर्षमा बाबु बिते, नाबालकले पाए जीवन बीमा बापतको २५ लाख

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सोलुखुम्बु सोताङ–६ स्थायी घर भएका ङवाङ सोनाम शेर्पाको निधन भएको १० महिना बित्यो । ट्रेकिङ पेशामा आबद्ध शेर्पा नेपालमा हिमालको चुचुरा देखि अग्ला पहाडहरुमा विदेशीलाई घुमाउने काम गर्दथे । गत वर्ष उनलाई एक्कासी मुटुको समस्या देखियो । उपचारको क्रममा मृत्यु भएको शेर्पाको परिवारमा शोक अझै हराइसकेको छैन ।

सोमबार नेपाल लाईफ इन्स्योरेन्सले मृतका नाबालक छोरी छोईङ डोल्मा शेर्पाको नाममा २५ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । २ वटा छोरीका बाबु शेर्पाले बीमा गर्दा हकवालामा छोरीको नाम समावेश गरेका थिए ।

Crest

नेपाल लाईफ इन्स्योरेन्समा चार वर्ष पहिले २० लाख बिमाङ्कको नौलो जीवन समृद्धि बीमा पोलिसी लिई जीवन बीमा गरेको शेर्पाको मृत्यु भएपनि उनको छोरीहरुको शिक्षा दिक्षामा अब कुनै समस्या नपर्ने भएको छ । बीमा गरेर नियमित रुपमा बीमा शुल्क बुझाउँदै आएका शेर्पाकी उनै नाबालक छोरीको नाममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आज २५ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । नाबालक भएकोले छोरीको चेक मृतका बाबु तथा हकवालाकी हजुरबुवा आङ वाङ्छु शेर्पाले बुझेका छन् ।

जीवन बीमा मृत्युपछि आफ्ना प्रिय सन्तानहरुको लागि समेत उपयोगी हुने भएकोले जीवन संसारभर नै जीवन बीमाको महत्व बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS