IME Life New

३ महिनामा अभिकर्ताले बुझे ३ अर्ब ३९ करोड रुपैयाँ कमिशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक जीवन बीमा बाहेक सबै जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशनमा गिरावट आएको छ । आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणलाई हेर्दा नेशनल लाइफ र राष्ट्रिय बीमा संस्थान बाहेक सबै कम्पनीहरुको अभिकर्ता कमिशन घटेको देखिएको हो । आर्थिक मन्दीको कारणले जीवन बीमा कम्पनीहरुको व्यवसायमा गिरावट आएसँगै अभिकर्ता कमिशन पनि खस्किएको हो ।

जीवन बीमा कम्पनीका अभिकर्ताहरुले यस अवधिमा ३ अर्ब ३९ करोड ६ लाख ३६ हजार रुपैयाँ कमिशन प्राप्त गरेका गरेका । कम्पनीहरुले गत बर्षको सोहि अवधिमा ४ अर्ब ३ लाख रुपैयाँ बीमा अभिकर्ता कमिशन प्राप्त गरेका थिए । गत बर्षको तुलनामा कम्पनीले बीमा अभिकर्ताहरुलाई दिने अभिकर्ता कमिशन १५ प्रतिशतले गिरावट आएको हो ।

Esewa
Crest

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस समिक्षा अवधिमा सबैभन्दा धेरै कमिशन भुक्तानी गर्ने संस्थामा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ८३ करोड १५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । कम्पनीले गत बर्षको तुलनामा सोही अवधिमा ९९ करोड ६१ रुपैयाँ कमिशनमा खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको अभिकर्ता कमिशन १६ प्रतिशतले घटेको हो ।
दोस्रोमा नेशनल लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ४१ करोड ८५ लाख रुपैयाँ कमिशन बीमा अभिकर्ताका लागि खर्चिएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ३७ करोड ९७ लाख रुपैयाँ बीमा अभिकर्ताहरुको कमिशनमा खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमा अभिकर्ता कमिशन १० दशमलव २१ प्रतिशतले बढी हो ।

तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीको अभिकर्ता कमिशन २८ प्रतिशतले घटेर ३५ करोड ६६ लाखमा सिमित रहेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले ५० करोड १४ रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको थियो।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यूनियन लाइफको अभिकर्ता कमिशन गत वर्षको तुलनामा ३० प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले २० करोड ६४ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ । सिटिजन लाइफको अभिकर्ता कमिशन ७ प्रतिशतले घटेर २० करोड २९ लाखमा सिमित रहेको छ । एशियन लाइफको अभिकर्ता कमिशन १२ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा कम्पनीले १७ करोड ४९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्च गरेको छ ।

त्यस्तै, यस अवधिमा मेट लाइफले १२ करोड ३० लाख, रिलायबल नेपाल लाइफले १२ करोड २१ लाख, सूर्या लाइफले ११ करोड ८१ लाख, आइएमई लाइफले ११ करोड १९ लाख, ज्योति लाइफले १० करोड १० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्च गरेका छन् ।

त्यसैगरी रिलायन्स लाइफले९ करोड ९२ लाख, प्राइम लाइफले ८ करोड ९२ लाख, सन नेपाल लाइफले ८ करोड ८३ लाख, प्रभु लाइफले ७ करोड ८६ लाख, सानिमा लाइफले ७ करोड २० लाख, राष्ट्रिय बीमा संस्थानले ६ करोड ८६ लाख, गुराँस लाइफले ६ करोड ६७ लाख र महालक्ष्मी लाइफले ६ करोड १९ लाख रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई कमिशन मार्फत खर्च गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS