IME Life New

२ अर्ब ५८ करोड बराबरको आईपीओ आउने प्रक्रियामा, कसको कति (सूचि सहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल धितोपत्र बोर्डमा साधारण शेयर आईपीओ निष्काशन गर्न १५ कम्पनीहरु प्रक्रियामा रहेका छन् । १५ कम्पनीहरुले २ अर्ब ५८ करोड बराबरको २ करोड ५८ लाख कित्ता शेयर निष्काशन गर्न धितोपत्र बार्डको अनुमति पर्खि रहेका छन् ।

प्रक्रियामा रहेका कम्पनीहरु मध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीहरु छन् । १५ कम्पनीहरु मध्ये ९ हाइड्रोपावर कम्पनी, ४ लघुवित्त, एउटा मर्चेण्ट बैंक र एउटा इन्भेष्टमेन्ट कम्पनी रहेका छन् ।

Crest

घोडिघोडा लघुवित्तको १ लाख ३२ हजार कित्ता, शिब श्री हाईड्रोपावरको ३३ लाख ५१ हजार कित्ता, सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता, आधिखोला लघुवित्तको ४ लाख कित्ता, ग्रीन लाइफ हाइड्रोपावरको ३४ लाख ९६ हजार कित्ता, शुभम पावर हाइड्रोपावको ५ लाख ८०  हजार कित्ता, माउण्टेन इनर्जी नेपालको ३९ लाख ३६ हजार कित्ता, सिबिआईएल क्यापिटलको ३ लाख कित्ता, मैलुङ खोला जलविधुत कम्पनीको ७ लाख ३६ हजार कित्ता, रुरु जलविधुत परियोजना हाइड्रोपावरको ४ लाख ७ हजार कित्ता, इन्फिनिटि लघुवित्त वित्तीय संस्था लघुवित्तको ६ लाख ७४ हजार कित्ता, हिमाल दोलखा हाईड्रोपावरकोे ७८ लाख कित्ता, गर्जाङ उपत्यका हाइड्रोपावरको २ लाख कित्ता, लाफिङ बुद्ध पावर नेपालको ९ लाख ७८ हजार कित्ता र सीइडिबी हाइड्रो फण्डको २२ लाख ८९ हजार कित्ता शेयर सर्बसाधरणलाई  निष्काशन गर्ने प्रक्रियामा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS