IME Life New

२३ करोड ४६ लाख रुपैयाँको लघुबीमा अनुदान अनुगमन भएनः महालेखा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखा नियन्त्रण कार्यालयले सरकारले निम्न आय भएका जनतालाई लघु बीमा सुविधाको लागि दिएको अनुदानको प्रभावकारी उपयोग भए।नभएकोमा आशंका रहेको उल्लेख गरेको छ ।

महालेखा परिक्षकको कार्यालय आव २०७५।०७६ को बार्षिक प्रतिवेदनमा अनुदानको अनुगमन प्रभावकारी नभएका भन्दै आलोचना गरिएकोे छ । महालेखा प्रतिवेदनको २९ औं बुँदामा कृषि विकास बैंकलाई लघुबीमा अनुदान बापत दिइएको ६ करोड २३ लाख, साना किसान विकास बैंकलाई लघुबीमा अनुदान बापत दिइएको १० करोड ८९ लाख रुपैयाँ, निक्षेप तथा कर्जा सुरक्षण विभागलाई दिइएको ६ करोड ३४ लाख रुपैयाँको प्रभावकारी उपयोग भए।नभएकोबारे मूल्याङ्कन नगरिएको उल्लेख छ ।

Crest

महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकलाई कृषि तथा पशुपालन अनुदान बापत एक अर्ब ३ करोड ८२ लख समेत रु एक अर्ब ४ करोड २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएकोमा मन्त्रालयले खर्चको उत्पादकत्व अनुगमन एवम् मूल्याङ्कन गरी विवरण तयार नगरेको र अनुदान प्राप्त गर्ने संस्थाबाट लेखा परिक्षण प्रतिवेदन पनि पेश नभएको हुँदा खर्च एवम् अनुदानको उपयोग सुनिश्चित गर्न सकिएन । प्रचलित कानुन बमोजिम लेखा परिक्षण गराई खर्चको अनुगमन एवम् मूल्याङ्कन गरेर अनुदान उपयोग एवम् खर्चको सुनिश्चितता गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS