IME Life New

२० अर्ब रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक, तरलता समस्यामा राहत पुग्ने बिश्वाश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ, फाल्गुन ३०। बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुगे पछि राष्ट्र बैंकले आज वित्तीय बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । उक्त पैसा १५ दिनको लागि बजारमा पठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले रिपो मार्फत बजारमा उक्त रकम पठाउन लागेको बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा २२ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ ।

Esewa
Crest

तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधिमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ ।

दुई साताको लागि उक्त रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जसको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । बुधबार जारी हुने रिपो चैत्र १४ गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकले बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत पैसा खिच्छ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ ।

यो रकम प्रवाह भएपछि अन्तर बैंक कारोबारको ब्याजदर नियन्त्रणमा आउँने राष्ट्र बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS