IME Life New

१३ हजार जनाले कोरोना बीमा बापत बुझे एक अर्ब ३५ करोड, २५ हजार दावी भुक्तानी सम्बन्धी फाईल बीमा पुलमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीले तीव्रता पाएको छ । बीमा समितिले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार कूल १३ हजार ८३५ जनाले एक अर्ब ३५ करोड १८ लाख ७५ हजार रुपैयाँ कोरोना बीमा दावी भुक्तानी बापत बुझेका छन् ।

प्रक्रिया पुरा भई बीमा समितिमा पुगेको कूल २५ हजार जना मध्ये १३ हजार जनाले रकम बुझिसकेको बीमा समितिले जनाएको छ । सो मध्ये एक हजार ८९२ वटा फाईल प्रक्रिया नपुगेका कारण कम्पनीमै फिर्ता गरिएको छ ।

Crest

गत सातासम्म दोहोरो दावी परेका ५० जनालाई कोरोना बीमाको दावी भुक्तानी नदिने निर्णय गरिएकोमा अहिले सो संख्या बृद्धि भई ६८ पुगेको छ । उनीहरुले दुई वटा कम्पनीमार्फत बीमा गराई दोहोरो दावी भुक्तानीको लागि कागजात पेश गरेका थिए । कोरोना बीमाको दावी भुक्तानी दोहोरो लिन नपाउने व्यवस्था छ । त्यस्तै, तीन हजार १११ वटा फाईल स्वास्थ्य सेवा विभागबाट प्रमाणिकरण नभई पेण्डिङमा रहेको बीमा समितिले जनाएको छ ।

समितिका अनुसार हालसम्म २५ हजार ७७५ जनाको फाईल कागजात पूरा भई प्राप्त भएको र सो मध्ये आवश्यक अनुसन्धान गरी दावी भुक्तानी गर्ने चरणमा रहेको बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS