काठमाडौं । ह्याबिट्याट पावर कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो।
कम्पनीले ११ करोड रुपैयाँबराबरको आइपीओ ल्यान धितोपत्र बोर्डसँग अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्नेछ।
ह्याबिट्याट पावर कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

















