IME Life New

हिमालयन रिको व्यापारमा उछाल, प्रिमियम कलेक्सन उत्साहजनक, १००%ले बढ्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार शेयरपुँजी १० अर्ब रुपैयाँ भएको कम्पनीले तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको नाफा १००.५४ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १८ करोड रुपैयाँ सञ्चित गरेको छ।

चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ७९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७६ करोड ३२ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११५.३१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२६.६० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.४१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ८.८४ रुपैयाँ थियो। पीई रेसियो ४९.१५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४९.९७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

10%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS