IME Life New

हिमालयन रिको वार्षिक साधारणसभा आह्वान, बोनस वितरणपछि ८०% हकप्रद जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको माघ २६ गते बसेको बेठकले वार्षिक साधारणसभा फागुन २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको पदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात १० शेयरबराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यो भनेको चुक्तापुँजीको ८० प्रतिशत हो।

कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS