IME Life New

हिमालयन रिको उत्कृष्ट प्रदर्शन, अधिकांश सूचकमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)ले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्म १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ९७.६४ प्रतिशतको बढोत्तरी भएको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीले ५ अर्ब ८१ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ३ अर्ब २९ करोड ९८ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ७६.०७ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले ५ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८२.७५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

गत आर्थिक वर्षमा शेयरपुँजी १० अर्ब ४० करोड रुपैयाँ भएको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९ करोड ७३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षसम्म कम्पनीको स्पेसल रिजर्भमा ४५ करोड ५५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ९६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा १ करोड ८१ लाख रुपैयाँ थियो। कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ८.८४ रुपैयाँ थियो। पीई रेसियो ४७.१५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५४.२६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS