IME Life New

हिमालयन रिइन्स्योन्सको अर्काे ऐतिहासिक सफलता, पायो विश्वविख्यात रेटिङ एजेन्सी एएम बेस्टबाट बी प्लस रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही दिन अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्काे ऐतिहासिक सफलता हासिल गरेको छ। कम्पनी विश्वविख्यात रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा बीबाट बी प्लस रेटिङमा छलाङ मार्दै पुनः अर्काे इतिहास रचेको छ।

नेपालजस्तो दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले एएम बेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ बीबाट बी प्लसमा स्तरोन्नति गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ। बी प्लस रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ।

Esewa
Crest

स्थापनाको छोटो समयमै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एउटा उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्सले एएम बेस्टबाट बी प्लस रेटिङ प्राप्त गरेसँगै दक्षिणपूर्व एसिया, मध्यपूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुला भएको छ। यसले कम्पनीको अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसायमा उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ।

यसबाट कम्पनीले राष्ट्रका लागि बहुमूल्य विदशी विनियम आर्जन गर्न उदाहरणीय योगदान गर्नुका साथै नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा स्थापना गर्नसमेत टेवा पुग्ने आशा कम्पनीले लिएको छ।

यसबाहेक, बेस्टले उल्लेख गरेको छ, पूँजी पर्याप्तता अनुपातद्वारा मापन गरिएको वासलातको सबलता मूल्याङ्कनका क्रममा जोखिम-समायोजित पूँजीकरण मध्यम अवधिमा सबैभन्दा बलियो स्तरमा रहने अपेक्षा गरिएको छ।

यसका अतिरिक्त, पौष महिनामा नेपाल धितोपत्र बोर्ड नेप्सेमा हिमालयन रिको प्राथमिक शेयर सूचीकरणसँगै शेयरधनीको पूँजी लगानी समेत दोब्बर भएकाले पनि कम्पनीको अवस्था सबल हुन पुगेको छ। प्राथमिक शेयर निष्काशन पछि हिमालयन रिको चुक्ता पूँजी ७ अर्ब ७० करोड रुपैयाँबाट १४ अर्ब रुपैयाँ कायम भएको छ।ए।

बेष्टले प्रारम्भिक चरणमाको बीमाशुल्क र दाबी भुक्तानीवापतको भार बीच सन्तुलन नमिल्दा जोखिमांकन कार्य सम्पादनमा नकारात्मक असर पर्ने सम्भावना रहेको चेतावनी समेत दिएको छ। चालू आर्थिक वर्षका लागि हिमालयन रिको संयुक्त अनुपात शत प्रतिशतभन्दा माथि हुने अपेक्षा गरिएको छ।

बेष्टले नव प्रवेशी पुनर्बीमकको रुपमा, हिमालयन रिको सञ्चालन कार्य सम्भावित अस्थिरतामा परेको उल्लेख गरेको छ। यसले उच्च परिचालन जोखिम र लक्षित व्यवसाय हासिल गर्ने जोखिमका कारण उत्पन्न यस्तो अस्थिरता देखिने भन्दै सचेत गराएको छ। नेपालको बजारबाट हिमालयन रि ले लिन सक्ने गुणस्तरिय जोखिम बहनमा यसको कार्य सम्पादनको प्रभावकारिता निर्भर रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS