IME Life New

हिमालयन रिइन्स्याेरेन्सले पुनर्बीमा काराेबार गर्न ल्यायाे अत्याधुनिक सफ्टवेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । निजी क्षेत्र प्रवर्द्धित पुनर्बीमक हिमालयन रि इन्स्याेरेन्सले पुनर्बीमा सेवा सम्बन्धी एकीकृत सफ्टवेयर सिनर्जी टु प्रयाेगमा ल्याएकाे छ। बेलायती सफ्टवेयर निर्माता यूराे बेसले हिमालयन रि इन्स्याेरेन्सकाे पुनर्बीमा काराेबारलाई सिनर्जी टु प्लेटफर्ममा एकीकृत गरिएकाे घाेषणा गरेकाे हाे।

यूराेबेसका अनुसार जाेखिमांकन, कर समायाेजन, पुनर्बीमा जाेखिम बाँडफाँड, पुनर्बीमा कमिशन गणना, बचत बाँडफाँडलगायतकाे सुविधाहरू सिनर्जी टु मा उपलब्ध रहेकाे छ। बजारमा भएका परिवर्तनमा तुरुन्तै प्रतिकृया दिनको लागि ठूलो अनुकूलन क्षमता र कार्यसम्पादन अनुगमन र जवाफदेहिता प्रदर्शन गर्ने क्षमतामा सुधार लगायतका विशेषता समेत समावेश छ।

Esewa
Crest

 

कार्य प्रवाह स्वचालनले अंडरराइटिङ र दाबी ह्यान्डलिङलाई स्ट्रिमलाइन गर्न मद्दत गरेको छ। हिमालयन रिले आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको एक वर्षको छोटो अवधिमा अन्त्यदेखि अन्त्यसम्मको प्रशोधन क्षमता हासिल गरेको छ ।

पुनर्बीमा व्यवसायमा पुनर्बीमा जाेखिम बहनकाे फरक फरक शर्त र मापदण्ड हुने भएकाले मानव नियन्त्रित प्रणालीभन्दा सूचना प्रविधिमा आधारित प्रणालीले हिसाबकिताब दुरुस्त राख्नका लागी बढी भरपर्दाे हुन्छ। व्यवसायकाे प्रारम्भमै हिमालयन रि इन्स्याेरेन्सले विश्वसनीय र पुनर्बीमा सम्बन्धी स्वचालित बाैद्धिकतामा आधारित सफ्टवेयर प्रणाली प्रयाेगमा ल्याएकाले यसकाे पुनर्बीमा काराेबारकाे हिसाब मिलानमा तुलनात्मकरुपमा कम समस्या देखिने विश्वास गरिएकाे छ।

यता सरकारी स्वामित्वकाे नेपाल पुनर्बीमा कम्पनीले अत्याधुनिक सफ्टवेयर प्रणाली प्रयाेगमा ल्याउन नसक्दा स्वदेशी बीमा कम्पनीहरुसँग लिनु दिनुपर्ने हिसाब किताब राम्ररी मिलान गर्न सकेकाे छैन । केही बीमकले पुनर्बीमकलाई भुक्तानी गर्नुपर्ने रकम दायीत्वमा बाँधे पनि नेपाल पुनर्बीमाले नै लिनुपर्ने पैसा दाबी गर्न नसकेकाले भुक्तानी दिएका छैनन् । आफूले पुनर्बीमावापत बीमकबाट प्राप्त गर्नुपर्ने भुक्तानीकाे हिसाबकिताब दुरुस्त राख्न नसक्दा नेपाल पुनर्बीमाकाे उच्च व्यवस्थापन र वित्त विभाग आफ्नाे आम्दानी हराएकाे बारे बेखबर देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS