IME Life New

हिमालयन रिइन्स्योरेन्सको शेयर सोमबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर भोलि सोमबारबाट कारोबारमा आउने भएको छ। हिमालयन रिइन्स्योरेन्सको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबार आउँछ। सोहीबमोजिम हिमालयन रिइन्स्योरेन्सको आइपीओ पनि सोमबारबाट कारोबारमा आउने भएको हो।

हिमालयन रिइन्स्योरेन्सको १०० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७ करोड कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारमा रहेका नेपाली र कर्मचारीसहित)को ३ करोड कित्ता शेयर (३० प्रतिशत) सूचीकृत भएको छ।

Esewa
Crest

नेप्सेले हिमालयन रिइन्स्योरेन्सलाई एचआरएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ। यदि भोलि स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमितसत्रका लागि कारोबारमा आउनेछ।

हिमालयन रिइन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

7%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS