IME Life New

स्वीस रिले भन्याे,बढ्दाे मन्दीका कारण जीवन बीमाकाे सुरक्षा बाहिर रहेका जनसंख्या बढ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विश्वव्यापी पुनर्बीमा समूह स्वीस रि अन्तर्गतकाे स्विस रि इन्स्टिच्युटले हालै प्रकाशन गरेकाे प्रतिवेदनमा घरमूलीकाे मृत्युकाे बढ्दाे जाेखिमलाई न्यून गर्न जीवन बीमामा निहित मृत्युदर नियन्त्रणकाे महत्वलाई जाेड दिइएकाे छ।

सिग्मा प्रतिवेदन अनुसार, मृत्युदर संरक्षण अन्तरकाे खाडल सन् २०२२ मा हालसम्मकै डरलाग्दो अवस्थामा पुगेको छ। घरकाे अन्नदाताकाे मृत्यु भएकाे अवस्थामा आश्रितहरुकाे जीवनयापनका लागी बीमाकाे माध्यमबाट क्षतिपूर्तीवापत वित्तीय श्राेत उपलब्ध गराउने व्यवस्थालाई मृत्युदर स‌ंरक्षण सुरक्षा भनिन्छ । र मृत्युदर संरक्षण खाडलले कुनै घरकाे घरमूलीकाे असायमीक निधन भएकाे अवस्थामा बीमाले के कति घरपरिवारलाई आर्थिक सुरक्षा उपलब्ध गराउन सकेकाे छ भन्ने अन्तरकाे मापन गर्छ।

Esewa
Crest

कुनै पनि आश्रित परिवारको जीवनस्तर कायम गर्न आवश्यक स्रोतकाे तुलनामा परिवारसँग उपलब्ध वित्तीय सम्पत्ति, जीवन बीमा सुरक्षा र सामाजिक सुरक्षा लाभसमेतकाे जाेडेर प्राप्त हुने रकमबीचकाे असमानताको रूपमा परिभाषित मृत्युदर संरक्षण खाडलकाे रूपमा परिभाषित गरिंदै आएकाे छ। फराकिलो खाडल देखा पर्नुकाे पछाडी उच्च मुद्रास्फीति, क्रयशक्तिमा ह्रास, बढ्दो परिश्रमका कारण अझ बढी आर्थिक सुरक्षा आवश्यक पर्ने, र अस्थिर वित्तीय बजारले घरायसी सम्पत्तिहरू घटाउने जस्ता प्रतिकूल आर्थिक अवस्थाहरू मुख्य कारकाे रुपमा पहिचान गरिएकाे छ ।

विश्वव्यापी मृत्युदर संरक्षण अन्तर सन् २०२२ मा ४०६ बिलियन अमेरिकी डलर कायम रहेकाे थियाे । याे आँकडा अघिल्लो वर्षको तुलनामा १‍‍.५ प्रतिशतले वृद्धि भएकाे हाे । एक दशक अघिको तुलनामा  ४९ अर्ब अमेरिकी डलरकाे वृद्धि प्रतिनिधित्व गर्दछ। प्रतिवेदनका अनुसार घरेलु सम्पत्तिमा ५७ प्रतिशतकाे  कमीले गर्दा मृत्युदर लचिलोपन सूचकांक ४३.४ प्रतिशतमा पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS