IME Life New

स्वास्थ्य बीमा बोर्डले तोक्यो औषधीको मूल्य, एउटै इन्जेक्शनको दाम रु. ३२ हजारसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गत बीमितलाई उपलब्ध गराईने औषधीको अधिकत्तम मूल्य परिमार्जन गरेको छ। स्वास्थ्य उपचारका क्रममा बीमितलाई उपलब्ध गराइने औषधीको मूल्य समय सापेक्ष नभएको गुनासो आएपछि बोर्डले सुझाव समितिमार्फत् परिमार्जित मूल्य सार्वजनिक गरेको हो ।

बोर्डले शुक्रबार सार्वजनिक गरेको प्रस्तावित औषधीको मूल्यसूचीमा १ हजार २०८ वटा औषधीको परिमार्जित मूल्य सार्वजनिक गरिएको छ । बोर्डका अनुसार परिमार्जित मूल्य सूची सम्बन्धमा सरोकारवालासँग आवश्यक सुझाव माग गरिएको छ । प्राप्त सुझावका आधारमा नयाँ मूल्य सूची उपयुक्त भए नभएको यकीन गरेर नयाँ मूल्य सूची कार्यान्वयनमा ल्याइने छ।

Esewa
Crest

बोर्ड सञ्चालक समितिको गत पौष ११ गतेको बैठकले समय अनुकूल औषधीको मूल्य परिमार्जनका लागि सुझाव दिनका लागि सुझाव समिति गठन गरेको थियो । सुझाव समितिले समेत सार्वजनिकरुपमा औषधीको मूल्का सम्बन्धमा सरोकारावालासँग सुझाव लिएर नयाँ मूल्य दर कायम गरेको हो ।

नयाँ सूचीमा पेन्सिसिलिन ट्याबलेटको मूल्य सबैभन्दा कम प्रति ट्याबलेट ३० पैसा प्रस्ताव गरिएको गरिएको छ। यो औषधी जीवाणुबाट छाला कान नाक घाँटी छाति हाड र गुप्ताङ्गमा संक्रमण भएको अवस्थामा बिरामीको उपचारका लागि दिइन्छ । यसैगरी क्यान्सर रोगको उपचारका लागि प्रयोग गरिने रितुजीम्याब इन्जेक्शनको मूल्य सबैभन्दा महँगो ३२ हजार २६९ रुपैयाँ ७० पैसा प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS