IME Life New

स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भन्यो,बक्यौता भुक्तानी गर्छौ, सेवा बन्द नगर्नुस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले दाबी भुक्तानीको विषयलाई लिएर स्वास्थ्य सेवा स्थगन नगर्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

राजधानी काठमाण्डौंको साथै पूर्वी जिल्लाका केही ठूला अस्पतालहरुले लामो समयदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको दाबी भुक्तानी प्राप्त नभएको कारण जनाउँदै सेवा स्थगन गर्ने घोषणा गरेपछि बोर्डले विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो । असारमसान्तसम्म फछ्र्यौट नभएपनि बोर्डलाई प्राप्त हुने सरकारी बजेट फ्रिज (फिर्ता) नहुने भएकाले भुक्तानी सम्बन्धमा आशंका नगर्न बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले आग्रह गरेका छन् ।

Esewa
Crest

त्रिवि शिक्षण अस्पताल, विराट मेडिकल कलेज, नोबेल अस्पताल, बिएण्डसी अस्पताल लगायत अस्पतालले बोर्डले दाबीवापतको करोड भन्दा बढी रकम भुक्तानी नदिएको भन्दै बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार नदिने घोषणा गरिसकेका छन् ।

बोर्डले गत आर्थिक वर्षसम्म बाँकी रहेका १९ लाख ९ हजार दाबी र चालू आर्थिक वर्षको ३३ लाख ७५ हजार दाबी फछर्यौट गरी ८ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिसकेको जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले चालू आवको जेठ १५ गतेसम्मको १८ लाख ५३ हजार वटा दाबीलाई प्राथमिकताका साथ परिक्षण कार्यभइरहेको जानकारी दिएका छन् ।

बोर्डले देशभरका ७७ जिल्लाको कूल ४ सय ५० वटा स्वास्थ्य संस्थासँग स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवाको लागी सम्झौता गरिएको जानकारी दिएको छ ।

बोर्डले बीमा दाबीवापतको बक्यौता रकम तालिका बनाएर चाँडोभन्दा चाँडो भुक्तानी गर्ने प्रयास भइरहेको भन्दै बोर्डमा प्राप्त सम्पूर्ण दाबीको भुक्तानी गर्ने आश्वासन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS