IME Life New

स्वास्थ्य बीमा बोर्डलाई ठग्न अस्पतालले लाग्दै नलागेको रोगको पनि उपचार गर्न थाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य स‌ंस्थाहरूले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सरकारी कोषको रकममा लुट मच्चाउन जथाभावी स्वास्थ्य उपचार गरेर ठग्ने प्रवृत्ती बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्ड अन्तर्गत आवद्ध अस्पतालहरुले सामान्य रोगको उपचारका लागी आउने बिरामीलाई जबरजस्ती कथित जटिल रोगको उपचार गरेर ठग्ने प्रवृत्ती बढ्दै गएको हो ।

सामान्य अवस्थाका बिरामीलाई समेत रगत र पिसाब परिक्षण, एक्सरे, भिडियो एक्सरे, महँगा औषधी उपभोग गर्न चिकित्सकमार्फत् सुझाव दिएर अस्पतालले स्वास्थ्य बीमा बोर्डमा जथाभावी रकम साेधभर्ना माग गरिरहेका छन् । अस्पतालले बीमावापतकाे रकम दाबीका लागी जथाभावी गरिएको बिरामी जाँच, प्रयोगशाला र औषधीको बिल पेश गरेपछि बोर्डले दाबी फर्छ्याैट गर्न सकेको छैन ।

Esewa
Crest

अनैतिकरुपमा उपचार (अनइथिकल प्राक्टिस) गर्ने प्रवृत्ती बारे गुनासो बढ्दै गएपछि बोर्डका निमित्त कार्यकारी निर्देशक डा‍. मदन उपाध्यायले निर्देशन जारी गर्दै अस्पतालहरुलाईत्यसो नगर्न सचेत गराएका छन् । स्वास्थ्य बीमा नियमावलीको प्रावधान विपरित जथाभावी उपचार गरेको अवस्थामा नियमावलीको नियम १९ अन्तर्गत कारवाही गर्ने चेतावनी समेत बोर्डले दिएको छ।

नियम १९ मा सेवा प्रदायक स‌ंस्थाले सम्झौता बमोजिमको सेवा उपलब्ध नगराएमा, अभिलेख अद्यावधिक गरेको नदेखिएमा वा झुठा प्रतिवेदन पेश गरेमा, कार्यक्रम सञ्चालनमा लापरवाही गरेमा वा आफ्नो संस्थामा त्यस्तो सेवा उपलब्ध हुँदा हुँदै पनि अन्यत्र पठाएमा बोर्ड आफै‌ंले वा बोर्डले गठन गरेका समितिले उठाएका विषयहरु सेवा प्रदायक संस्थाले निर्धारित समयावधीभित्र पुरा नगरेमा समयमा सम्झाैता स्थगन वा रद्द गर्न सक्ने प्रावधान छ। रद्द गर्नु अघि बोर्डले सम्बन्धित सेवा प्रदायक स्वास्थ्य स‌ंस्थालाई सफाई पेश गर्ने माैका भने पेश गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS