IME Life New

स्वास्थ्य बीमा बोर्डलाई कुँजो बनाउँदै स्वास्थ्य मन्त्री, घातक रोगको उपचार सेवा स्वास्थ्य विभागमै फिर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमार्फत् सामाजिक सुरक्षा कार्यक्रमको बिस्तार गर्नुपर्ने आवाज उठि रहेका बेला स्वास्थ्य मन्त्रालय नै बोर्डको काम प्रति विश्वस्त हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले बोर्डमार्फत प्रवाहित गम्भीर प्रकृतीका रोगको उपचार सेवा खोसेर स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामै फिर्ता ल्याएको  छ।

बोर्डको कार्यकारी निर्देशकको निलम्बनदेखि लिएर सञ्चालक समिति हेरफेरसम्मको काम गरेको मन्त्रालयले मुटु रोग, मृगाैला, अल्जाइमर्स, पार्किन्सन, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमियाको उपचारमा स्वास्थ्य बीमा कार्यक्रममार्फत् सहुलियत दि‌ंदै आएकोमा पुनः नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको हो। मन्त्रालयले बोर्डले प्रभावकारीरुपमा काम गर्न नसकेको आरोप लगाए पनि निर्देशिका अनुसारको उपचार सेवाको सञ्चालन स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको अस्पतालहरुबाट नै सञ्चालन गर्ने भएको छ।

Esewa
Crest

कडा रोगको उपचार खर्च स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि २०७८ को आधारमा विपन्नलाई वर्गलाई उपचार सेवा स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रममार्फत् दिइदै आइएको थियो। सरकारले सञ्चालन गरिरहेको सामाजिक सुरक्षाका कार्यक्रमहरुमा दोहोरोपन नहुने गरी कार्यविधि तयार पार्ने विषय चालू आवको बजेट वक्तव्यमा समेत समावेश गरिएको थियो । सामाजिक सुरक्षाका कार्यक्रमलाई क्रमशः स्वास्थ्य बिमाको दायरामा ल्याइने प्रतिबद्धता समेत सरकारले बजेट वक्तव्यमार्फत् गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले ६ मंसिरमा मन्त्रिस्तरीय निर्णय गर्दै  विपन्न नागरिक औषधि उपचार कार्यक्रममा कडा रोगको उपचार खर्च स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि २०७८ लाई खारेज गरी विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका-२०८० जारी गर्दै स्वास्थ्य बीमा बोर्डको सेवालाई खुम्च्याई दिएको छ। बीमा बोर्डले १ वैशाख २०७९ देखि यो कार्यक्रम सञ्चालन गर्दै विपन्न नागरिकलाई दिइँदै आएको कडा खालका नाै प्रकारको उपचार सेवा सञ्चालन गरेको थियो।

के के छन् उपचार सहुलियतः

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका अनुसार विपन्न नागरिकलाई विभिन्न ८ प्रकारका घात रोगको उपचार गराउँदा सहुलियत दिने प्रावधान छ। निर्देशिकाका अनुसार मृगाैला प्रत्यारोपणका लागि ४ लाख रुपैयाँसम्म र अन्य रोगका लागि १ लाख ५० हजार रुपैयाँसम्म महाशाखाले आर्थिक सहयोग दिन सक्नेछ। यसबाहेक एक सातामा दुई पटक वा त्योभन्दा बढी मृगाैला रोगीले हेमोडाइलाइसिस गर्दा प्रत्येक पटक २५ हजार रुपैयाँ,अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार रुपैयाँसम्म, सेरोपोजेटिभ संक्रमण भएका बिरामीलाई प्रति शत्र हेमोडाइलाइसिसको ४ हजार रुपैयाँ, पेरिटोनियल डायलाइसिस प्रति प्याकेज ५०१ रुपैयाँ सहुलियत प्रदान गर्ने व्यवस्था गरिएको छ। मुटु रोग,  क्यान्सर रोग, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियाका बिरामीले भने १ लाख रुपैयाँसम्म उपचार खर्चवापतको सहुलियत पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS