IME Life New

स्वास्थ्य बीमा बोर्डमा बसौलाको कार्यकालमा बने १८ वटा कार्यविधि, अरु के-के भए उपलब्धि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशन डा दामोदर बसौलाको ४ वर्षे कार्यकालमा भएका गतिविधि सार्वजनिक गरिएको छ।

बीमा बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक बसौलाले आफ्नो कार्यकालमा भएका कार्य र प्रगति सार्वजनिक गरेका हुन्। उनको कार्यकाल यही कात्तिक २५ गतेबाट सकिँदैछ। बसौला खुला प्रतिस्पर्धाबाट २०७७ कात्तिक २६ गते स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

Esewa
Crest

बसौलाको कार्यकालमा स्वास्थ्य बीमा कार्यक्रममा जनसंख्याअनुसारको आबद्ध १२.७९ प्रतिशतबाट बढेर ३० प्रतिशत पुगेको जानकारी गराइएको छ। परिवारको आबद्धता पनि १४ प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेको बसौलाले बताए। ‘नवीकरण दर ५० प्रतिशतबाट बढेर ७९ प्रतिशत पुगेको छ’, उनले भने, ‘सेवा उपभोग ३४ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुगेको छ।’

आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐन, २०७४ ले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको बसौलाले जानकारी दिए। ‘स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ बाहेक अन्य कुनै कानुनी दस्तावेज नभएका कारण काम गर्न कठिनाइ भएको थियो’, उनले भने, ‘मेरो कार्यकालमा बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको छ।’

यस्ता छन् १८ वटा कार्यविधि

स्वास्थ्य बीमा रणनीतिक मार्गचित (२०८१–८७) तयार गरी स्वीकृत गरिएको पनि बसौलाले बताए। ‘प्रदेश तथा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने कार्यविधि स्वीकृत गराई हाल ४६० भन्दा बढी स्थानीय तहमा संयोजन समिति गठन र सञ्चालन गरिएको छ’, उनले भने।

बसौलाले आफू कार्यकारी निर्देशनमा नियुक्त हुँदा ५८ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा भएकोमा हाल ७७ जिल्लाको ७५३ वटै स्थानीय तहमा सञ्चालन गरिएको बताए। ‘पब्लिक प्राइभेट पार्टनरसिपको सिद्धान्तलाई अवलम्बन गराउने उद्देश्यका साथ निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले नजिकको सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थामा गई ओपीडी सेवा दिने व्यवस्था गर्ने सुरुआत भएको छ’, उनले भने, ‘नागरिकलाई सहज होस् भन्ने उद्देश्य डिजिटल कार्डहरुमार्फत पनि बीमितलाई सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।’

आफ्नो कार्यकालमा स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन बीमा दर्ता तथा नवीकरण गर्न सक्ने व्यवस्था लागू गर्न सम्झौता भएको बसौलाले जानकारी दिए। ‘नागरिकले आफैँले घरमै बसी अनलाइन नवीकरण गर्न सक्ने व्यवस्था लागू गरिएको छ’, उनले भने।

Hib progress report

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS