IME Life New

स्वास्थ्य बीमा बोर्डबाट ११ महिनामा ८ अर्ब ८४ करोड रूपैयाँ दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सूचीकृत स्वास्थ्य संस्थालाइ स्वास्थ्य उपचार सेवा वापत पाँचाैं किस्ता अन्तर्गत थप ५९ करोड १७ लाख रूपैयाँ दाबी भुक्तानी दिएको छ । बोर्डका अनुसार गत बैशाखमा पाँचाैं किस्ताको ८५ प्रतिशत रकम निकासा गरिएकोमा जेठ २० गते बाँकी १५ प्रतिशत रकम भुक्तानी गरिएको हो।

बोर्डले सञ्चालक समितिको गत चैत्र २८ गतेको निर्णय अनुसार कुल ३४९ स्वास्थ्य संस्थालाई थप दाबी रकम उपलब्ध गराएको हो । बोर्डले यसअघि पाँचाैं किस्ता अन्तर्गत गत बैशाख २३ गते दाबी वापत ३ अर्ब ३५ करोड २९ लाख ५० हजार रूपैयाँ स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरेको थियो ।

Esewa
Crest

बोर्डका अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को जेठ २० गतेसम्ममा स्वास्थ्य संस्थाले कूल ८ अर्ब ८४ करोड ६२ लाख ५० हजार रूपैयाँ दाबी भुक्तानी लिएका छन् । बोर्डले स्वास्थ्य सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य स‌ंस्थालाई गत फागुन १० गतेसम्ममा चौथो किस्ता समेत कुल ४ अर्ब ९० करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS