IME Life New

स्वास्थ्य बीमा बोर्डको पहुँच ७५ जिल्लामा, काठमाडौं र ललितपुर मात्र बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नागरिकको स्वास्थ्य उपचार सम्बन्धी अधिकारलाई बीमामार्फत सुनिश्चित गर्नका लागि आर्थिक वर्ष ०७१/७२ को बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरेको कार्यक्रम पूरा भएर पाँच बर्षमा प्रवेश गरिसकेको छ।

पूर्व स्वास्थ्यमन्त्री गगन थापाको सक्रियतामा अन्तिम रुप पाएको उक्त विधेयक उक्त समयका स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले व्यवस्थापिका संसदमा पेश गरेका थिए।

Esewa
Crest

संसदको महिला, बालबालिका, समाजकल्याण तथा जेष्ठ नागरिक समितिले उक्त दफादार छलफलद्धारा केही संसोधन समेत गरी विधेयकलाई अन्तिम रुप दिएको थियो।

उक्त छलफलका लागि समितिकी सभापति रन्जु झाको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको थियो। झाले उक्त समय अन्य बीमाका विधेयकहरुमाथीको छलफलको चापलाई समेत छिचोलेर स्वास्थ्य बीमा विधेयकलाई अघि बढाईएको थियो । सबैलाई स्वास्थ्य बीमाको पहँचमा ल्याउनको लागि अघि बढाईएको कार्यक्रम उत्सुकताका साथ अघि बढिरहेको छ।

हाल स्वास्थ्य बीमा बोर्डले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रमममा ३७ लाख भन्दा बढी बीमीत आवद्ध भईसकेका छन् । ४ वर्षको अवधिमा स्वास्थ्य बीमा गर्ने कुल बीमितको संख्या ३७ लाख ७९ हजार ८ सय २५ पुगेको बोर्डले जनाएको छ। ।

यस अवधिसम्ममा कुल ११ लाख २६ हजार ८१ घर परिवारका ३७ लाख भन्दा बढी बीमितहरु स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । कुल बीमित मध्ये सेवा लिई रहेका व्यक्तिहरुको संख्या १४ लाख ४५ हजार ५ सय ३३ रहेको बार्डले जनाएको छ । स्वास्थ्य बीमा गर्ने मध्ये ३४ प्रतिशतले मात्रै सेवा लिइरहेको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले इन्स्योरेन्स खबरलाई जानकरी दिएका छन् ।

त्यस्तै, स्वास्थ्य बीमा बोर्डमा आवद्ध भएका मध्ये अति गरिब र विपन्न ४ लाख ६० हजार ७ सय ७८ जना , जेष्ठ नागरिक बीमितमा ४ लाख २३ हजार जना , एचआईभी पोजेटिभमा १३ हजार ५ सय ९ जना , अति सशक्त अपाङ्गमा ५३ हजार ६ सय २४ जना, टि.भी रोगमा १ हजार ५ सय ६६ जना र महिला स्वास्थ्य स्वयंसेविको सङख्या ४७ हजार ८ सय ४४ जना रहेको बोर्डमा आवद्ध छन् ।

यसै आर्थिक बर्षभित्र स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा विस्तार हुने कार्यकारी निर्देशक बसौलाले बताए । स्वास्थ्य बीमाको पहुँच ७५ वटा जिल्लामा पुगिसेकेको छ ।  बाँकी रहेको २ जिल्ला काठमाडौं र भक्तपुरमा पनि यसै आर्थिक बर्ष भित्र विस्तार गर्ने बोर्डको लक्ष्य छ ।

साथै यस आर्थिक बर्षमा स्वास्थ्य बीमा बोर्डले बीमीतहरुको सहजताको लागि नागरिक एपमा स्वास्थ्य बीमा कार्यक्रमको आवदता र मोबाईल एस.एम.एस सेवा समेतको ल्याएको छ।

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो। पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो। थप ६ जिल्लामा विस्तार भएसंगै स्वास्थ्यबीमा कार्यक्रम आज बाट ७५ वटा जिल्लामा लागू भएको छ। यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधी र उपचार सेवामा सहुलियत पाउनेछन्।

५ जना सम्मको परिवार भएको विमितले प्रतिबर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्यबीमा कार्यक्रमको सम्पुर्ण सुविधा लिन पाउँछन्। आज थपिएका ६ जिल्ला बाहेक ७५ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भईसकेका छन्।

सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS