IME Life New

स्वास्थ्य बीमा बोर्डकाे अन्तरिम कार्यकारी निर्देशकमा डा‍. उपाध्याय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बसाैलालाई तीन महिनाका लागी निलम्बन गरिएपछि सरकारले डा. मदन उपाध्यायलाई अन्तरिम कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। मन्त्री परिषदको असाेज २६ गतेदेखि तीन महिनाका लागी कार्यकारी निर्देशक डा‍. दामोदर बसाैलालाई पदबाट निलम्बन गरेपछि उपाध्यायलाई अन्तरिम कार्यकारी निर्देशक नियुक्त गरिएकाे हाे ।

डा‍. मदन उपाध्याय

बसाैलाले पदीय आचरणविरुद्ध काम गरेकाे आराेप लगाउँदै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले उनीसँग गत असाेज ४ गते ११ बुँदे स्पष्टीकरण माग गरेकाे थियाे । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनीविरुद्ध छानबिन गर्ने भन्दै मन्त्री परिषदकाे असाेज २४ गतेको बैठकले तीन महिनाका लागी निलम्बन गर्ने निर्णय गरेकाे हाे ।

Esewa
Crest

राजनीतिक किचलोका कारण बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीले गत माघ महिनामा नै पदबाट राजीनामा दिएका थिए । उनकाे राजीनामा पछि हालसम्म पनि सरकारले बोर्डमा अध्यक्ष नियुक्त गर्न सकेको छैन। कार्यकारी अधिकृतलाई समेत निलम्बन गरेर बोर्डकाे नेतृत्वमै सरकारले प्रहार गरेको भन्दै आलाेचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS