IME Life New

स्वास्थ्य बीमा बाेर्डले गर्‍याे रु‍. १३ अर्ब दाबी भुक्तानी, अहिलेकै अवस्थामा कहिलेसम्म धान्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बाेर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्ष २०७९।८० मा १३ अर्ब ३६ कराेड रुपैयाँ भन्दा बढी रकम दाबी भुक्तानी गरेकाे छ। बाेर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आबद्ध स्वास्थ्य स‌ंस्थाले माग गरेकाे साेधभर्नाकाे आधारमा वर्षदिनमै याे रकम भुक्तानी गरेकाे हाे ।

बाेर्डले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार पछिल्लाे पटक असार २२ गते आठाै‌ं दाबी भुक्तानी अन्तर्गत कूल २ अर्ब ९२ कराेड ९२ लाख रूपैयाँ दाबी भुक्तानी गरिएकाे छ। सातवटै प्रदेशका कूल ३७१ वटा स्वास्थ्य सेवा प्रदायक स‌ंस्थाबाट प्राप्त दाबी अन्तर्गत छानबिन गरी दाबी भुक्तानी गरिएकाे बाेर्डले जानकारी दिएकाे छ।

Esewa
Crest

यसअघि बाेर्डले गत बैशाख २६ गते स्वास्थ्य बीमा सेवा प्रदायक विभिन्न ३४७ वटा स्वास्थ्य स‌ंस्थाहरूलाई बीमा दाबीवापत थप १ अर्ब ८९ कराेड रुपैयाँ साेधभर्ना उपलब्ध गराएकाे थियाे। बोर्डले यसबाहेक पटक पटक गरी चालु आर्थिक वर्ष २०७९।८० मा १ अर्ब ६३ कराेड ६४ लाख,  २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, ६६ करोड ८१ लाख रुपैयाँ, १ अर्ब ७ करोड ६ लाख रुपैयाँ, १ अर्ब १८ करोड ६ लाख रुपैयाँ, १ अर्ब ३२ करोड ६५ लाख, १ अर्ब ५५ कराेड रुपैयाँ भुक्तानी गरेको छ।

स्वास्थ्य बीमा बाेर्डले सञ्चालन गरेकाे स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमितले स्वास्थ्य स‌ंस्थाबाट सहज र प्रभावकारीरुपमा सेवा पाउन नसकेकाे गुनासाे अझै झ्याङ्गिदै गएकाे छ। बाेर्डकाे बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागी गठित समितिले दिएकाे सुझाव सहितकाे प्रतिवेदन स्वास्थ्य मन्त्रालयले थन्काई दिएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS