IME Life New

स्वास्थ्य बीमा बाेर्डकाे कार्यकारी निर्देशक बसाैला निलम्बनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बाेर्डकाे कार्यकारी निर्देशक डा‍. दामाेदर बसाैलालाई पदबाट निलम्बन गरेकाे छ। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले साेधेकाे ११ बुँदे स्पष्टीकरणकाे सन्ताेषजनक जवाफ नपाएकाे भन्दै कार्यकारी निर्देशक बसाैलालाई मन्त्री परिषद्ले निलम्बन गर्ने निर्णय गरेकाे हाे ।

पदीय जिम्मेवारी बहन गर्न असक्षम रहेकाे आराेप सहित स्वास्थ्य मन्त्रालयले गत असाेज ४ गते  तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएकाे थियाे । उनकाे स्पष्टीकरण चित्त बुझ्दाे नरहेकाे र आफूविरुद्धकाे प्रमाण समेत नष्ट गर्न सक्ने भन्दै मन्त्रालयले सिफारिश गरेपछि नेपाल सरकार मन्त्री परिषद्काे असाेज २४ गतेकाे बैठकले उनलाई निलम्बनकाे निर्णय गरेकाे हाे । स्वास्थ्य बीमा ऐनकाे दफा २५ काे उपदफा ३ काे प्रावधान अन्तर्गत बसाैलालाई मन्त्री परिषद्ले तीन महिनाका लागी पदबाट निलम्बन गरेकाे हाे ।

Esewa
Crest

निलम्बनकाे पत्रसँगै बसाैलासँग दाेश्राे पटक पनि स्पष्टीकरण माग गरिएकाे छ। स्पष्टीकरण माग गरिएकाे पत्रमा ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

स्वास्थ्य बीमा बोर्ड लामो समयदेखि सरकारी उपेक्षाको शिकार बन्दै गएको छ। स्वास्थ्य मन्त्रालयसँगको खिचलोका कारण बोर्डका अध्यक्ष डा‍. सेनेन्द्र राज उप्रेतीले सात महिना पहिले २०७९ माघ २५ गते नै राजीनामा दिई सकेका छन् । उनको राजीनामापछि बोर्ड सञ्चालक समिति अध्यक्ष बिहीन अवस्थामा सञ्चालन हुँदै आएको छ।

स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागी सरकार समक्ष पहल गर्नुको साटो कार्यकारी सञ्चालकलाई समेत जिम्मेवारीबाट हटाउने प्रपञ्च बुनेको छ। स्वास्थ्य बीमा ऐनले स्वास्थ्य बीमा बोर्डलाई स्वायत्त निकायको रुपमा पहिचान गरेको छ। ऐनकै प्रावधान अनुसार पनि सञ्चालक समिति अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग्ने कानूनी हैसियत स्वास्थ्य मन्त्रालयसँग छैन ।

सरकारले स्वास्थ्य बीमा बाेर्डमार्फत् सञ्चालन गर्दै आएकाे स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउँदै निजी क्षेत्रकाे स‌ंलग्नतामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने मनशाय बनाएकाे छ। तत्कालीन अर्थमन्त्री जनार्द्धन शर्माले आव २०७९।८० काे बजेट वक्तव्यमा स्वास्थ्य बीमा कार्यक्रमलाई निजी क्षेत्रकाे बीमा कम्पनीमार्फत् सञ्चालन गर्ने घाेषणा गरेपछि चर्काे आलाेचनका कारण तत्कालका लागी सरकारी प्रयासमा बिराम लागेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

40%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

60%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS