IME Life New

स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनी मार्फत गर्ने विषयमा सांसदको चर्को विरोध, सरकारले अवधारणा नै बुझेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मार्फत स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनी मार्फत सञ्चालन गर्ने विषयमा प्रतिनिधि सभाका सांसदले चर्को विरोध गरेका छन् । संसदमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले नबुझेको आरोप लगाएका छन् ।

उनले भने ‘स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनी मार्फत चलाउनु भनेको नेपालले अहिले लिएको स्वास्थ्य बीमा सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो ।’ स्वास्थ्य बीमा सामाजिक सुरक्षाको कार्यक्रम भएको भन्दै यसलाई कम्पनी मार्फत सञ्चालन गर्नै नहुने उनको धारणा छ ।

Esewa
Crest

उनले भने ‘वर्षौ लगाएर हामीले स्वास्थ्य बीमाको अवधारण बनायौ । यहि संसदमा मैले उपस्थित भएर प्रस्तुत गरेको कानुन हो ।’ यस कार्यक्रममा सरकारले धेरै काम गर्न बाँकी रहेको उनले बताए । तर यस पटक मन्त्रालयले स्वास्थ्य बीमालाई अव स्वास्थ्य बीमा अन्तर्गत बीमा कम्पनी मार्फत चालउने निर्णय गरेको भन्दै उनले आक्रोस पोखे ।

आज सञ्चालन भइरहेको प्रतिनिधि सभाको बैठकमा अन्य सांसदले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनी मार्फत गर्न लागेको विषयलाई विरोध जनाएका छन् । उनिहरुले अहिले स्वास्थ्य बीमा बोर्ड मार्फत सञ्चालन भइरहेको स्वास्थ्य बीमा सेवा निजी बीमा कम्पनी मार्फत सम्भव नै उल्लेख गरेका छन् ।

सरकारले निजी कम्पनीलाई पोष्ने गरी यस्तो कार्यक्रम ल्याएको भन्दै उनिहरुले चर्को विरोध गरेका हुन् । आज जनताले स्वास्थ्य बीमा कार्यक्रम मार्फत जसरी निःशुल्क स्वास्थ्य सुविधा पाइरहेका छन् भोलिका दिनमा यदि निजी बीमा कम्पनीहरुलाई दिइयो भने नपाउने उनिहरुको तर्क छ ।

स्वास्थ्य बीमा कार्यक्रम ल्याउने वेलामा नै यो बीमा कम्पनीहरु मार्फत सञ्चालन हुनु पर्ने भन्दै आवाज उठेको थियो । तर तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले यो बीमा कार्यक्रम सरकारको सामाजिक सुरक्षा अन्तर्गत रहेको भन्दै यसलाई सरकारकै कार्यक्रम अन्तर्गत राख्नु पर्ने अडान लिएका थिए । स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रममा बोर्डलाई अर्बौ रुपैयाँ घाटा लागे पछि सरकारले यसबाट पछि हट्न निजी कम्पनीमा लैजाने कुरालाई बजेटमा व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS