IME Life New

स्वास्थ्य बीमा कार्यक्रमः दैनिक ३० हजार दाबी, बीमा बोर्डको परीक्षण क्षमता १० हजारसम्म मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत दैनिक करिब ३० हजार दाबी पर्ने गरेको पाइएको छ।

स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको ‘स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र २०८१।८२–२०८६।८७’मा दैनिक करिब ३० हजार दाबी प्रविष्ट हुने गरेको जानकारी हो। तीमध्ये दैनिक जम्मा ८ हजारदेखि १० हजारसम्म दाबी मात्र परीक्षण गर्न सक्ने क्षमता रहेको बोर्डले मार्गचित्रमा उल्लेख गरेको छ। यही कारणले सेवाप्रदायकलाई समयमा शोधभर्ना गर्न कठिनाइ भइरहेको मार्गचित्रमा प्रमुख समस्याका रुपमा चित्रण गरिएको छ।

Esewa
Crest

सेवाप्रदायकले आफ्नो फार्मेसीबाट आवश्यक औषधि र औषधिजन्य सामग्री उपलब्ध गराउन नसक्दा सेवाग्राहीको स्वास्थ्य बीमाप्रति गुनासो आउने क्रम बढिरहेको मार्गचित्रमा उल्लेख गरिएको छ। करिब ४०० भन्दा स्थानीय तहमा स्वास्थ्य बीमा सेवा प्रदान गर्ने संस्थाको उपलब्धता नभएका कारण नागरिकलाई सजिलै सेवा लिन असुविधा भएका कारण कार्यक्रममा आबद्धता बढाउन पनि कठिनाइ भइरहेको बोर्डले मार्गचित्रमा उल्लेख गरेको छ।

नेपालमा २०७२ सालबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो। कार्यक्रममा नागरिकताको आबद्ध बढिरहेको छ। हालसम्म बोर्डको स्थायी संरचना स्वीकृत भई नसकेको अवस्थामा विभिन्न व्यवस्थापकीय समस्याहरुका बीच कार्यक्रम सञ्चालन भइरहेको मार्गचित्रमा अवगत गराइएको छ। स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएका प्रावधान अनुसार औपचारिक क्षेत्रलाई बीमाको दायराभित्र समेट्न नसक्दा स्वास्थ्य बीमाको वित्तीय दिगोपानामा समस्या देखिएको बोर्डले जनाएको छ।

बीमितको गुणस्तरीय स्वास्थ्य सेवाप्रति रहेको असन्तुष्टिका कारण नागरिकको नयाँ आबद्धता र नवीकरणमा केही ह्रास आउन थालेको मार्गचित्रमा उल्लेख छ। स्वास्थ्य सेवा खरिद प्रणालीमा रहेको स्थिरताले सेवाग्राहीबाट हुने रोग निदान, उपचार र प्रेषणका लागि अनावश्यक दबाब दिने र सेवा प्रदायक संस्थाले पनि नियमानुसार सेवा प्रवाह गर्न नसक्दा औचित्यपूर्ण रोगको निदान, उपचार र प्रेषणमा समस्या देखिन थालेको मार्गचित्रमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS