IME Life New

स्वास्थ्य बीमा कार्यक्रमः स्वास्थ्य संस्थालाई ९ अर्ब भुक्तानी दिन बाँकी, सेवा रोक्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८०।८१ को पछिल्लो दुई त्रैमासको भुक्तानी नपाएपछि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थाहरुले सेवा रोक्ने चेतावनी दिन थालेका छन्।

स्वास्थ्य बीमा बोर्डले गत आर्थिक वर्षको माघदेखि असारसम्मको भुक्तानी नदिएपछि सेवा नै रोक्ने चेतावनी स्वास्थ्य संस्थाहरुले दिन थालेका हुन्। उक्त ६ महिनाको करिब ९ अर्ब रुपैयाँ स्वास्थ्य संस्थाहरुलाई दिन बाँकी रहेको बोर्डले जनाएको छ।

Esewa
Crest

बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार बजेट अभाव भएर स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य बीमा सेवाबापतको भुक्तानी गर्न नसकेको हो। ‘बक्यौता रकम शोधभर्नाका लागि स्वास्थ्य मन्त्रालयबाटै रकम निकासा छैन’, उनले भने, ‘यद्यपि हामीले निरन्तर रकम निकासका लागि मन्त्रालयलाई भनिरहेका छौँ। छिट्टै निकासी होला।’

अर्थ मन्त्रालयबाट बजेट निकासा भएपछि स्वास्थ्य मन्त्रालयले बक्यौता रकम निकासी गर्ने कँडेलले बताइन्। ‘आउँदो असोजभित्र बक्यौता रकम स्वास्थ्य संस्थाहरुलाई क्रमशः निकासी गर्छौं’, कँडेलले भनिन्।

भुक्तानी नपाएकै कारण त्रिवि शिक्षण अस्पतालले गत भदौ ६ गते सूचना नै जारी गरेर भदौ १३ गतेबाट अन्तरंग सेवाका बिरामीको उपचार स्वास्थ्य बीमा प्याकेजमार्फत गर्न नसकिने जनाएको थियो। परिमार्जन गरेको नयाँ सुविधा थैलीअनुसार बीमितलाई सेवा दिन असमर्थ रहेको अस्पतालले प्रस्ट पारेको थियो। पछि स्वास्थ्य बीमा बोर्ड र अस्पतालका पदाधिकारीबीच भएको छलफलपछि १ महिनाभित्र बाँकी भुक्तानी रकम निकासा गर्ने सहमतिपछि सेवा रोक्ने निर्णय फिर्ता भएको थियो।

हाल देशभर स्वास्थ्य बीमा कार्यक्रममा ४७६ वटा स्वास्थ्य संस्थाहरु आबद्ध छन् भने ८० लाख बढी नागरिकले यो सुविधा लिइरहेका छन्।

बोर्डले दाबी रकम रुजु गर्न समय लाग्ने कारण बीमा सेवाबापतको शेधभर्ना रकम भन्दै दाबी गरेको कम्तीमा तीन महिनापछि मात्रै भुक्तानी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS