IME Life New

स्वास्थ्य बीमा कार्यक्रमलाई ‘राष्ट्रिय गौरवको अभियान’ घोषणा गर्ने गृहकार्यमा सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियान’ घोषणा गर्ने गृहकार्य गरिरहेको छ।

प्रतिनिधिसभामा आज सांसदहरुले सोधेका प्रश्नहरुको जबाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रुपमा घोषणा गर्ने गृहकार्य भइरहेको जानकारी दिएका हुन्। ‘सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानका रुपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ’, उनले भने।

Esewa
Crest

प्रधानमन्त्री दाहालले स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने र वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा गरिने बताए। ‘आम्दानीअनुसारको प्रिमियमका आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्नेलगायतका कार्यक्रम अगाडि बढाइनेछ’, उनले भने।

प्रधानमन्त्री दाहालले नागरिकको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको बताए। ‘हालसम्म ३३.२ प्रतिशत घरपरिवार तथा २४.७ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको दायरामा आएका छन्’, उनले भने, ‘७५१ पालिकासम्म स्वास्थ्य बीमाको पहुँच पुगेको छ।’

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी पनि प्रधानमन्त्री दाहालले दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS