IME Life New

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य संस्थाहरुलाई सूचीकरण हुन आउन आह्वान, के-के चाहिन्छ कागजपत्र ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्थानीय तह र प्रदेशबाट सञ्चालित स्वास्थ्य संस्था तथा औषधालयहरुलाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि सूचीकरण हुन आउन आह्वान गरेको छ।

बोर्डले आज एउटा सूचना जारी गर्दै स्थानीय तहबाट सञ्चालित नगर तथा आधारभूत, प्राथमिक स्वास्थ्य केन्द्र र प्रदेशबाट सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र र औषधालयहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न आवश्यक कागजातहरुसहित सूचीकरणका लागि निवेदन पेस गर्न आह्वान गरेको हो।

Esewa
Crest

सूचीकरणका लागि आवश्यक कागजपत्र

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पताल सञ्चालन गर्ने अधिकारिक निर्णयको प्रमाण वा सम्बन्धित स्थानीय तहको कार्यपालिकाले स्वीकृति गरेको निर्णय।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट ५।१०।१५ शय्याका लागि स्वीकृत गरेको दरबन्दीअनुसारको जनशक्ति व्यवस्थापनको प्रमाण।
  • अस्पतालको चिकित्सकिय सेवा, प्रयोगशाला सेवा, इमेजिङ सेवा (एक्स–रे, अल्ट्रा साउन्ड) को सुनिश्चितता भएको हुनुपर्ने।
  • आवश्यक भौतिक पूर्वाधार, औजार एवं बेडको उपलब्धता।
  • अस्पतालको आफ्नै फार्मेसी सेवा सञ्चालनमा रहेको प्रमाण।
  • विद्युतीय चिकित्सा अभिलेख प्रणाली इलेक्ट्रोनिक्स मेडिकल रेकर्ड सिस्टम (ईएमआर) लागू भएको।
  • संस्थाको प्यान नम्बर, आधिकारिक सम्पर्क नम्बर र ई–मेल।
  • सम्बन्धित स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन भएको हुनुपर्ने।
  • न्यूनतम सेवा मापदण्डको (एमएसएस) स्कोरसहितको प्रतिवेदन।
  • अस्पतालमा आधारभूत सरसफाइ एवं फोहोरमैलाको व्यवस्थापनको उचित प्रणाली।
  • अस्पतालमा कार्यरत कर्मचारीहरुको तलबभत्ता बैंकमार्फत उपलब्ध गराएको प्रमाण र आफ्नै बैंक खाता सञ्चालन भई नाम उल्लेख भएको चेकको प्रतिलिपि।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS