IME Life New

स्वास्थ्य बीमा कार्यक्रमको सहभुक्तानी कार्यविधि सार्वजनिक, कहाँ कहाँ उपचार गर्दा पैसा तिर्नुपर्दैन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कोषको खर्च भार कटौती गर्न सह भुक्तानी सम्बन्धी कार्यविधि जारी गरेको छ। बोर्ड सञ्चालक समितिले स्वीकृत गरेको सहभुक्तानी कार्यविधि अनुसार बिरामीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाहरूबाट उपचार सेवा लिंदा तत्कालै १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने भएको छ।

बोर्डले सार्वजनिक गरेको कार्य विधि बोर्डको सञ्चालक समितिबाट स्वीकृत भएको ३ महिनाभित्र लागू हुने उल्लेख छ। कार्यविधि कुन मितिमा सञ्चालक समितिले स्वीकृत गरेको भन्ने बारे बोर्डले प्रकाशन गरेको अपिलमा केही खुलाईएको छैन ।

Esewa
Crest

यसअघि सुविधा थैली अन्तर्गतको रोगको उपचार र औषधी समेत स्वास्थ्य बीमा अन्तर्गत निःशुल्क उपलब्ध हुँदै आएकोमा अबदेखि बीमितले बीमाशुल्क बाहेक अस्पतालमा उपचारका क्रममा नगद पनि भुक्तानी गर्नुपर्ने भएको छ। बोर्डले बिहीबार जारी गरेको सार्वजनिक अपिलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सुविधा उपभोग गर्दा अनावश्यकरुपमा चिकित्सकीय र निदानात्मक सेवाको प्रयोग भई रहेकाले लक्षित वर्ग र सरकारले तोकेका समूह बाहेकले उपचार सेवाका लागि लाग्ने रकमको १० प्रतिशत व्यहोर्नुपर्ने उल्लेख गरेको छ।

कहाँ र कुन कुन उपचारका लागि सहभुक्तानी गर्नुपर्दैनः

बोर्डले वेबसाइटमार्फत् सार्वजनिक गरेको कार्यविधिमा आकस्मिक उपचार सेवा, प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्या क्षमतासम्मको अस्पतालमा उपचार गराउँदा सह भुक्तानी लागू नहुने प्रावधान छ। यसैगरी २५ शैय्या क्षमताभन्दा माथिको सबै खाले अस्पतालमा उपचारका क्रममा सहभुक्तानीको प्रावधान लागू हुनेछ।

कार्यविधि अनुसार सरकारले निःशुल्क सेवा प्रदान गरेका कार्यक्रमहरु आमा सुरक्षा कार्यक्रम बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम क्षयरोगको निदान तथा उपचार कुष्ठरोगको निदान तथा उपचार औंलो रोगको निदान तथा उपचार र सरकारले निःशुल्क उपचारका लागि तोकेका विभिन्न सरुवा रोगको उपचारमा सहभुक्तानीको प्रावधान लागू हुनेछैन।

यसबाहेक खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व लगायत अन्य जनस्वास्थ्य सेवा अन्तर्गतका कार्यक्रमहरू, महामारी नियन्त्रण रोकथाम आपतकालीन सेवा सर्पदंश कुकुरको टोकाई, योग, पोषण शिक्षा, बानी व्यहोरा सुधार, मनोसामाजिक परामर्श जस्ता प्रवर्द्धनात्मक सेवा आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पर्ने औषधी र प्रकृयाहरुका लागि पनि सहभुक्तानी गर्नुपर्ने छैन।

कार्यविधिमा अति गरिबको परिचय पत्र प्राप्त परिवार, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अति अशक्त अपाङ्गताको परिचय पत्र पाएका अपाङ्ग, एचआइभी एड्स, स‌ंक्रमित जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयमसेविका र सरकारले समय समयमा तोकेको समूह वा वर्गका लागि पनि सहभुक्तानी लागू हुनेछैन ।

 

Health Insurance CoPayment Procedure 2080

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

71%
sad

दु :खी

1%
amazed

अचम्मित

15%
excited

उत्साहित

4%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS