IME Life New

स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली पूर्ण रुपमा कार्यान्वयन गर्न अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा लागू गरिएको सहभुक्तानी प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।

स्वास्थ्य बीमा बोर्डले एउटा सार्वजनिक अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो। बोर्डले परिभाषित गरेका लक्षित वर्ग र सरकारले समय–समयमा तोकेका समूह र वर्गबाहेकका सबै बीमितलाई सेवा लिँदा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत आफैँले तिर्नुपर्ने व्यवस्था सहभुक्तानी लागू गरिएको बोर्डले जनाएको छ।

Esewa
Crest

स्वास्थ्य सेवाको उपभोगका क्रममा यदाकदा अनावश्यक चिकित्सकीय तथा निदानात्मक सेवाको प्रयोग स्वास्थ्य बीमा कार्यक्रमको मर्मविपरीत भइरहेको गुनासोप्रति लक्षित गर्दै बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो। यो प्रणाली लागू गर्ने कार्यविधि, २०८० बोर्डको वेबसाइटमा उपलब्ध रहेको छ।

सहभुक्तानी प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सेवाग्राही तथा सेवाप्रदायक स्वास्थ्य संस्थालाई बोर्डले आग्रह गरेको छ।

स्वास्थ्य बीमा कार्यक्रमको निरन्तर विकास गरी बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्दै आवश्यक विशिष्टीकृत सेवाको सरल र सहज पहुँच तथा उपभोगका लागि लागिरहने प्रतिबद्धता पनि बोर्डले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS