IME Life New

स्वास्थ्य बीमा कार्यक्रमकाे सात वर्ष, ७६ प्रतिशत जनसंख्या अझै दायरामा आएनन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले महत्वका‌ंक्षी सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७ वर्ष अघि शुरू गरेकाे स्वास्थ्य बीमा कार्यक्रमबाट ७६ प्रतिशत जनसंख्या अझै पनि बाहिर रहेकाे छ। स्वास्थ्य बीमा बाेर्डले प्रभावकारीरूपमा बीमा कार्यक्रम सञ्चालन गर्न नसक्दा याे कार्यक्रम प्रति सर्वसाधारणकाे आकर्षण अपेक्षा अनुसार बढ्न सकेकाे छैन ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवा निजी क्षेत्रका अस्पतालहरुबाट समेत पाइने सुविधा रहेकाेमा निजी क्षेत्रका अस्पतालले बीमा दाबीमा ठगी गरेपछि स्वास्थ्य बाेर्डले सीमित अस्पतालहरुमा मात्र याे कार्यक्रम सीमित गरिदिएकाे छ। सरकारी अस्पतालमा हुने भीडभाड र सेवा प्रवाहमा सुस्तताका कारण स्वास्थ्य बीमाबाट उपचार सेवा लिनका लागी सर्वसाधारणलाई सास्ती भाेग्नु परेकाे छ।

Esewa
Crest

बाेर्डले ठगी गर्ने शिक्षण अस्पतालहरुलाई कारवाही गर्ने र ठगी नियन्त्रण गर्ने उपाय राेज्नुकाे साटाे उन्मुक्ति दिएर सर्वसाधारणलाई सास्ती दिने निर्णय गरेकाे छ। बाेर्डले चालू आर्थिक वर्षभित्र स्वास्थ्य बीमाकाे दायरामा समेटिएकाे परिवार संख्या हालकाे ३१‍.४ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने लक्ष्य लिएकाे छ । याे लक्ष्य पुरा गर्नका लागी आवश्यक जनशक्ति व्यवस्थापन, बजेट, थप स्वास्थ्य संस्थाहरूकाे आबद्धता, बीमितलाई माेबाइल एप्समार्फत् नै अस्पतालकाे टिकट काट्ने र उपचार लिन सक्ने सुविधा लगायतका कामका लागी पर्याप्त तयारी नै भएकाे छैन ।

स्वास्थ्य मन्त्रालयले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागी नीतिगत निर्णय गर्न सकेकाे छैन । लामाे समयदेखि बाेर्ड जनशक्ति अभावबाट गुज्रि रहेकाे छ। पर्याप्त र स्थायी जनशक्ति नहुँदा नयाँ बीमित दर्ताकाे काम र दाबी भुक्तानीकाे काम प्रभावकारीरूपमा गर्न सकेकाे छैन ।स्वास्थ्य बीमा ऐन २०७४ को दफा २६ अनुसार बोर्डमा रहने कर्मचारीको संगठन संरचना तथा व्यवस्थापन प्रतिवेदन २०७७ सालमा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरिए पनि मन्त्रालयले स्वीकृत गरिदिएको छैन।२०७९ सालमा तयार पारेर अनुमाेदनका लागी पेश गरिएकाे बाेर्डकाे कर्मचारी विनियमावली स्वास्थ्य मन्त्रालयमा थन्किएकाे छ।  बाेर्डकाे जनशक्ति संरचनामा प्रस्तावित स्थायी दरबन्दी ९१३ जनाको रहेकोमा २५० जना मात्र कार्यरत छन् । बाँकी ४०३ जना अस्थायी दरबन्दीमा कार्यरत छन्।

यता बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्वास्थ्य मन्त्रालयले बाेर्डले प्रभावकारीरुपमा काम गर्न नसकेकाे भन्दै ११ बुँदे स्पष्टीकरण समेत मागेकाे छ। जनशक्ति अभावमा द्रूत गतीमा दाबीकाे कागजपत्र अध्ययन र परिक्षण गरेर फर्छ्याैट हुन नसक्दा बोर्डले अस्पतालहरुलाई गत बैशाख महिनादेखिकै दाबी भुक्तानी गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS