IME Life New

स्वास्थ्य बीमा कार्यक्रममा बीमाकाे शर्त नै छैन, बीमा शब्दकाे प्रयाेग किन?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । बीमा शब्दकाे अनधिकृत प्रयाेगमा आपत्ती जनाउँदै नेपाल बीमा प्राधिकरणले साेमबार चेतावनी युक्त सूचना जारी गर्याे ।  स्वास्थ्य बीमा बाेर्डका साथै नागरिक लगानी काेष लगायतले बीमा शब्दकाे प्रयाेग गरेकाे प्रस‌ंगमा प्राधिकरणले बीमा ऐन २०७९ काे प्रावधानलाई इ‌ंगित गर्दै बीमा शब्दकाे अनधिकृत प्रयाेगमा आपत्ती जनाएकाे हाे ।

बीमा ऐनकाे दफा २४ मा नेपाल बीमा प्राधिकरणबाट इजाजत नलिई कुनै पनि स‌ंस्थाले बीमा, पुनर्बीमा वा बीमा काेष जस्ता शब्द प्रयाेग गर्न नपाउने प्रावधान रहेकाे उल्लेख गर्दै प्राधिकरणले अनधिकृत प्रयाेग भएकाे अवस्थामा बीमा ऐनकै प्रावधान अन्तर्गत कारवाही गर्ने अधिकार प्राप्त छ।

Esewa
Crest

प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद शिलवालले भने, कानूनकाे पालना गर्नु सबैकाे कर्तव्य हाे,हामीले त्यसकै लागी आग्रह गरेका हाै‌ं । उनले कानून पालना नगर्नेविरूद्ध प्राधिकरणले कारवाहीकाे प्रकृया बढाउने बताए।

प्राधिकरणका अधिकारी भन्छ्न, बीमा व्यवसाय गर्ने हाे भने बीमा कम्पनीकाे रुपमा दर्ता भएर आउनुपर्छ। इजाजत पत्र लिनुपर्छ। प्राधिकरणबाट इजाजत पत्र नलिई बीमा भन्ने शब्दकाे प्रयाेग गर्न पाइदैन । स्वास्थ्य बीमा कार्यक्रममा बीमाकाे कुनै पनि विशेषता नभएकाे दाबी गर्छन् । उनीहरूकाे भनाई छ, बीमा गरेपछि निश्चित शर्त हुनुपर्छ,पुनर्बीमा हुनुपर्छ, तर स्वास्थ्य बीमा कार्यक्रम नाम दिइएकाे बीमामा यी कुनै पनि विशेषता नै छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS