IME Life New

स्वास्थ्य बीमा अन्तर्गत निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत भुक्तानी दिनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आबद्ध निजी अस्पतालमा उपचारका क्रममा बीमित बिरामीले सहभुक्तानी वापत २० प्रतिशत रकम तत्कालै भुक्तानी दिनुपर्ने प्रावधान ल्याइँदैछ। स्वास्थ्य बीमा बोर्डको फागुन २४ गतेको बैठकले सहभुक्तानी सम्बन्धी यस्तो निर्णय गरेको हो ।

बोर्डले गत माघ १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सरकारी स्वास्थ्य संस्थामा उपचारका क्रममा बीमितले १० प्रतिशत सहभुक्तानी गर्नुपर्ने प्रावधान लागू गरि सकेको छ।

Esewa
Crest

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र अनियमितता रोक्नका लागि निजी तथा सामुदायीक स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य उपचार सेवा लिनुपर्दा बीमितले २० प्रतिशत सहभुक्तानीको व्यवस्था गर्न लागिएको हो। बोर्डका अनुसार सहभुक्तानीको प्रावधान वैशाखदेखि लागू गर्ने तयारी गरिएको छ।

सहभुक्तानीको प्रावधान लागू नहुँदा निःशुल्क उपचार सेवाको दुरुपयोग गर्दै बीमितले चिकित्सक र अस्पताललाई अनावश्यक परिक्षण तथा उपचारका लागि दबाब दिने प्रवृत्ती देखिएको थियो । यसबाहेक स्वास्थ्य सेवा प्रदायक संस्थाले समेत बिरामीको रोगसँग असम्बन्धित जाँच तथा उपचारको समेत खर्च सोधभर्ना गरेपछि बोर्डले सहभुक्तानीको प्रावधान लागू गरेको हो ।

बोर्डले सोधभर्नाका क्रममा हुन सक्ने अनियमितता रोक्नका लागि बिरामीको उपचार सँग सम्बन्धित सम्पूर्ण विवरणहरु अनलाइन माध्यमबाट बोर्डको सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने प्रावधान समेत लागू गरेको छ।

भारतमा स्वास्थ्य बीमा सेवाको दुरुपयोग नियन्त्रणका लागि बिरामी स्वयम् वा निजको प्रतिनिधिको भिडियो केवाइसीलाई समेत अस्पताललाई उपचार खर्च रकम सोधभर्नाको लागि अनिवार्य गरिएको छ । सम्पूर्ण भुक्तानीहरु नगद रहित बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS