IME Life New

स्वास्थ्य बीमावापत बीमा बाेर्डले आठ महिनामै गर्याे रु‍ ७ अर्ब भन्दा बढी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । स्वास्थ्य बीमा बाेर्डले सूचीकृत स्वास्थ्य स‌ंस्थाहरूलाई बीमितकाे स्वास्थ्य उपचारवापतकाे चालू आर्थिक वर्षकाे पहिलाे आठ महिनाभित्रमा ७ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेकाे छ। बाेर्ड फागुन मसान्तसम्ममा पाँच पटक गरेर स्वास्थ्य स‌ंस्थाहरूलाई पूर्ण र आ‌ंशिक दाबीवापत ७ अर्ब २२ कराेड रूपैयाँभन्दा धेरै रकम भुक्तानी गरिसकेकाे हाे ।

बाेर्डले शुक्रबार सार्वजनिक गरेकाे विवरण अनुसार पाँचाैं किस्तावापत स्वास्थ्य संस्थाहरूलाई  कूल १ अर्ब ६३ कराेड रूपैयाँ दाबी भुक्तानी गर्ने निर्णय भएकाे छ। बाेर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवा र औषधी उपलब्ध गराएकाेमा देशभरका सूचीकृतमध्ये ३४७ वटा स्वास्थ्य संस्थालाई याे रकम दिने निर्णय गरेकाे हाे।

Esewa
Crest

बाेर्डले चालू आर्थिक वर्ष २०७९।८० काे भदाै २२ गते पहिलाे दाबी भुक्तानीवापत २ अर्ब ६७ कराेड ११ लाख रुपैयाँ भुक्तानी उपलब्ध गराएकाे थियाे । यसैगरी दाेश्राे दाबी भुक्तानीवापत असाेज २४ गते ६६ कराेड ८१ लाख रुपैयाँ, तेश्राे दाबी भुक्तानीवापत कात्तिक २९ गते १ अर्ब ७ कराेड ६ लाख रुपैयाँ र चाैथाे दाबी भुक्तानीवापत पाैष २६ गते १ अर्ब १८ कराेड रुपैयाँ दाबी भुक्तानी गरिसकेकाे छ।

बाेर्डले सरकारकाे सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन गरेकाे छ। तर स्वास्थ्य स‌ंस्थाबाट उपचार सेवा पाउनका लागी निक्कै सकस व्यहाेर्नुपर्ने र सबैखाले उपचार सेवा प्राप्त नहुने भएकाले बीमितहरूकाे नविकरण दर कमजाेर रहेकाे छ। यसबाहेक भाैगाेलिकरूपमा एकदमै सुगम र स्वास्थ्य र सडक पूर्वाधारले तुलनात्मकरूपमा सम्पन्न मधेश प्रदेशमा बीमा कार्यक्रममा आबद्ध हुनकाे संख्या स्वास्थ्य उपचारकाे पूर्वाधार, सडक पूर्वाधारकाे दृष्टीकाेणले पिछडिएकाे मानिने कर्णाली र सुदूरपश्चिमकाे हाराहारीमा रहेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले संघीय राजधानीमा केही दिन अघि आयाेजित एक सार्वजनिक कार्यक्रममा निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दि‌ंदा बीमाको दुरुपयोग भएकाे प्रतिकृया दिएका थिए । उनले स सानाे निजी अस्पतालकाे साटाे शिक्षण अस्पतालहरू ठूला अस्पतालहरु, सामुदायीक अस्पताललाई बीमा कार्यक्रममा आबद्ध गरेकाे अवस्थामा दुरुपयाेग नियन्त्रण गर्न सहज हुने धारणा व्यक्त गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS