IME Life New

स्वास्थ्य बीमामा ८१.१४ लाख नागरिक आबद्ध, ६२%ले मात्र गरे नवीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ८१ लाख १४ हजार बढी नागरिक आबद्ध भएका छन्।

स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको ‘स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र २०८१।८२–२०८६।८७’मा गत आर्थिक वर्ष २०८०।८१ सम्म ८१ लाख १४ हजार ५९४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको उल्लेख गरेको छ। जुन कुल जनसंख्याको २८ प्रतिशत हो। तीमध्ये ६२ प्रतिशतले मात्रै नवीकरण गरेको बोर्डले जनाएको छ।

Esewa
Crest

नेपालमा २०७२ सालबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो। गत आर्थिक वर्षसम्म २५ लाख १४ हजार २२० परिवार (३८ प्रतिशत) आबद्ध भएका छन्। कुल बीमित४८ प्रतिशतले मात्रै स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवा लिएको बोर्डले मार्गचित्रमा उल्लेख गरेको छ।

बोर्डका अनुसार हाल सरकारी र सामुदायिक गरी कुल ४७९ वटा सेवाप्रदाक स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेको छ।

बोर्डबाट लागू भएको सुविधाको थैलीमा समावेश भएका सेवाहरु र मूल्यसूचीलाई स्वीकार गरी सबै तहका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुबाट सेवा सञ्चालन हुनुलाई समेत यो कार्यक्रम मुख्य उपलब्धिका रुपमा लिन सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS