IME Life New

स्वास्थ्य बीमामा ‘सिंगल पोर्टल’ ल्याउँदै भारत सरकार, अब दाबी प्रक्रियामा लाग्ने छैन लामो समय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिरामीहरुको स्वास्थ्य बीमा दाबीहरुको प्रक्रियालाई छिटो बनाउन र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यका साथ भारतको केन्द्र सरकारले सिंगल पोर्टल तयार गरेको छ। यसबाट बिरामी, बीमा कम्पनी र अस्पताल लाभान्वित हुनेछन्।

बीमा दाबी भुक्तानीको लामो पर्खाइ र कम्पनीले अस्पतालबाट डिस्चार्ज भएका बिरामीको दाबी शीघ्र स्वीकृत गराउने कामलाई ध्यानमा राख्दै भारत सरकारले नेसनल हेल्थ क्लेम्स एक्सचेन्ज प्लेटफर्म तयार गरेको हो। भारतका करिब ५० ठूला बीमा कम्पनी र २५० ठूला अस्पताल पनि यो एउटा पोर्टलमा जोडिने तयारीमा छन्।

Esewa
Crest

प्रायः बिरामी बिहान अस्पतालबाट डिस्चार्ज गरिए पनि बीमा कम्पनीहरुबाट दाबी सुल्झाउनका लागि ग्रिन सिग्नल आउनुअघि नै राति पर्ने गरेको छ। यसरी बिरामीले थप एक दिन अस्पतालमै बस्नुपर्ने हुन्छ। यो पोर्टल तयार गर्नुअघि राष्ट्रिय स्वास्थ्य प्राधिकरणले विभिन्न बीमा कम्पनी र अस्पतालका प्रतिनिधिहरुसँग कार्यशाला र भेटघाट गरेको थियो। त्यसपछि पोर्टल तयार गरिएको हो।

भारत सरकारको यो प्रयास सफल भएमा भारतको हेल्थ इन्स्योरेन्स इकोसिस्टममा ठूलो परिवर्तन आउनेछ। हाल अस्पतालले आफ्नो वेबसाइटमा ५० भन्दा बढी बीमा कम्पनीहरुबाट दाबी तयार गरी प्रशोधन गर्नुपर्छ। अस्पतालमा भर्ना भएका बिरामीहरु विभिन्न बीमा कम्पनीहरुसँग जोडिएका हुन्छन् र प्रत्येक बिरामीको दाबी ती कम्पनीहरुको वेबसाइटमा प्रशोधन गरिन्छ।

बीमा कम्पनीले विभिन्न अस्पतालबाट आउने दाबीहरु प्रशोधन गर्नुपर्छ र सबै अस्पतालहरुको वेबसाइटमा जडान रहनुपर्छ। जब सरकारको यो प्लेटफर्म सुरु हुन्छ, दाबीहरु एउटै प्लेटफर्ममार्फत प्रक्रिया गरिनेछ। अस्पताल र बीमा कम्पनीहरुले एउटै प्लेटफर्ममा जाँच गर्नेछन् र यसले प्रक्रियालाई गति दिनेछ। दाबी पनि छिट्टै टुंगो लाग्छ। हाल सिंगल पोर्टलको सम्बन्धमा भारत सरकार संयोजकको भूमिकामा रहे पनि आगामी दिनमा अनुगमनको प्रक्रियालाई तीव्रता दिइने बताइएको छ।

भारतीय बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई) ले यो पहल अगाडि बढाएको हो। यो एउटा डिजिटल स्वास्थ्य दाबी प्लेटफर्म हो। जसले बीमा कम्पनीहरुलाई आफ्नो लागत घटाउने अवसर दिनेछ। यसका साथै बीमितले सकेसम्म चाँडो आफ्नो दाबीहरु प्राप्त गर्न सक्षम हुनेछन्। यसले दाबी ठगी रोक्न मद्दत गर्ने भारतको सरकारको विश्वास छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS