IME Life New

स्वास्थ्य बीमामा ठगी भएको ९ खर्ब भन्दा बढी रकम असुली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बेइजिङ। चीनको स्वास्थ्य बीमा क्षेत्रमा ठगी विरुद्धको अभियानले जनवरी २०१८ देखि अक्टोबर २०२१ सम्म भएको ठगीबाट गुमेको करिब ७.९३ अर्ब अमेरिकी डलर ( ९ खर्ब ५९ अर्ब रुपैयाँ) असुल उपर गरेको छ।

राष्ट्रिय स्वास्थ्य सेवा सुरक्षा प्रशासन (एनएचएसए), जनसुरक्षा मन्त्रालय र राष्ट्रिय स्वास्थ्य आयोगले संयुक्त रूपमा गत अप्रिलमा यो अभियान शुरु गरेको थियो। चिकित्सा बीमा धोखाधडीलाई लक्षित गर्ने राष्ट्रिय अभियानले २३ लाख भन्दा बढी चिकित्सा संस्थाहरूको निरीक्षण गरेको थियो।

Esewa
Crest

सिन्ह्वा समाचार एजेन्सीका अनुसार निरिक्षण गरिएकामध्ये १० लाख चिकित्सा संस्था कारवाहीमा परेका छन्। तीन हजार ९७० वटा मुद्दा छानबिन भई राष्ट्रिय आधारभूत चिकित्सा बीमा कोषले १४२ चिकित्सा संस्थासँगको सेवा सम्झौता र ६१ संस्थासँगको सम्झौता समेत खारेज गरेको छ । ठूलो परिमाणमा ठगी फेला परेपछि यो अभियानलाई थप एक वर्ष निरन्तरता दिइने एनएचएसएले जानकारी दिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS