IME Life New

स्वास्थ्य बीमामा आबद्ध बीमितले एक पटक मात्र प्रेषण पूर्जि लिई उपचार गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले पटक पटक प्रेषण पुर्जी जारी स्वास्थ्य सेवा लिनुपर्ने प्रावधान हटाएको छ । सेवाग्राहीमा असुविधा भएको जनगुनासोका कारण उक्त प्रावधान हटाएको बोर्डले जनाएको छ ।

प्रथम सेवा विन्दुबाट एक पटक प्रेषण भई सोहि समस्याको लागि सोहि स्वास्थ्य संस्थामा उपचार तथा फलोअपमा जाँदा पटक पटक प्रेषण पूर्जी जारी गर्न नपर्ने बोर्डले जनाएको छ । बोर्डले विभिन्न रोग जस्तै सबै प्रकारका क्यान्सर रोगीको उपचारमा, मृगौला प्रत्यारोपणको लागि प्रेषण भई प्रत्यारोपण गरेका बिरामीहरुको हकमा प्रत्यारोपण गरेको संस्थामा फलोअप वा डायलाइसिस गर्ने बिरामीको हकमा समेत सो व्यवस्था लागु हुने छ । साथै हेड इन्जुरी, सपाइनल इन्जुरी, सिकलसेल एनिमिया, अल्जाइमर, पार्किन्सोनिजमका रोगी, मुटु रोगको उपचार तथा फलोअपको लागि, बीमित जेष्ठ नागरिक (७० वर्ष पूरा भएको), बीमित अति अपाङ्ग एचआइभी, एमडीआर टिबी (बिरामी व्यक्ति मात्र) साथै कडा किसिमको मानसिक रागीले यो सेवा लिन सक्छन् ।

Esewa
Crest

यसैगरी गर्भवति तथा सुत्केरी (कम्प्लिकेटेड वा अन्य जटिल अवस्थामा मात्र) प्रेषण भई सुत्केरी भएका महिला तथा नवजात शिशुहरुको लागि सोहि अस्पतालमा २८ दिनसम्म उपचार गर्नुपरेमा एकपटक जारी भएको प्रेषण पूर्जाबाटै स्वास्थ्य उपचार गर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS