IME Life New

स्वास्थ्य बीमाको नाममा ७ अर्ब ९८ करोड अष्ट्रेलिया पुग्यो, एक अर्ब १५ करोड घोटालामा संलग्न माथि कारवाही गर्न सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक अध्ययनको लागि अस्ट्रेलिया जाने विद्यार्थीहरुले तिरेको स्वास्थ्य बीमा रकमबारे महालेखा परिक्षकको कार्यालय आफ्नो प्रतिवेदनमा समेट्दै एक अर्ब १५ करोड ६४ लाख ७४ हजार रुपैयाँ घोटाला भएको निष्कर्षसहित छानविन गरी संलग्न व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउन भनेको छ ।

महालेखा परिक्षकको कार्यालयले ५७ औं बार्षिक प्रतिवेदनमा बैदेशिक अध्ययनको क्रममा अष्ट्रेलिया जाने विद्यार्थीहरुबाट आर्थिक वर्ष २०७३।०७४ देखि २०७५।०७६ सम्ममा कूल ७ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ स्वास्थ्य बीमा बापत लिई अस्ष्ट्रेलिया पठाइएको उल्लेख छ । नेपालमै रहेका विद्यार्थीको २४ महिनाको स्वास्थ्य बीमा गराई अस्ट्रेलियामा सो रकम पठाएको तर सो कारोबारमा नेपालमै हुँदा समेत नेपाल सरकारले पाउनुपर्ने १३ प्रतिशत भ्याट र आयकर छली गरिएको महालेखाको ठहर छ । महालेखाले एक अर्ब तीन करोड ६८ लाख ७४ हजार रुपैयाँ भ्याट छली भएको तथा आयकर ऐन २०५८ अनुसार १.५ प्रतिशतको आयकर बापत ११ करोड ९६ लाख रुपैयाँ समेत नेपाल सरकारको खातामा जम्मा नभएकोले सो कारोबारमा संलग्न व्यक्तिहरु खोजी कारवाही गर्न भनिएको छ ।

Esewa
Crest

इन्स्योरेन्स खवरले स्वास्थ्य बीमा बापत अर्बौ रुपैयाँ अबैध तरिकाले अस्ट्रेलिया गइरहेको भन्ने समाचार गत वर्ष नै प्रकाशित गरेको थियो । स्वास्थ्य बीमाको नाममा नेपालबाट अबैध हुण्डीमार्फत मासिक करोडौं रुपैयाँ गइरहेको भएपनि सरकारले चाल पाएको थिएन । सो प्रकरणमा महालेखा परिक्षकको कार्यालयले पहिलो पटक त्रुटी औल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS