IME Life New

स्वास्थ्य बीमाः डिस्चार्ज भएपछि मात्रै बिलिङ गरी बीमितबाट सहभुक्तानीको रकम लिन निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अस्पताल बिरामी डिचार्ज भएपछि मात्रै बिलिङ गरी बीमितबाट सहभुक्तानी (को–पेमेन्ट) बापतको रकम लिन निर्देशन दिएको छ।

बोर्डका कार्यकारी निर्देशस्तरको आज असार २६ गते निर्णयबमोजिम सबै सेवा प्रदाक स्वास्थ्य संस्थाका नाममा एउटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। बिरामी डिस्चार्ज भएपश्चात मात्र दाबी गरिएको प्याकेजको बिलिङ गरी सोहीअनुसार सहभुक्तानी मात्र बीमितबाट लिन परिपत्रमार्फत निर्देशन दिइएको छ।सहभुक्तानीको बिल बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस)मा पठाउन पनि बोर्डले निर्देशन दिएको छ।

Esewa
Crest

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पतालहरुले बीमितलाई ओपीडी सेवा लिई उक्त सेवाबापतको रकम दाबी गर्दा बीमाको निर्धारित प्याकेज दाबी गर्नुपर्ने व्यवस्था छ। यसैगरी सोही प्याकेजबमोजिम बिलिङ गरी सोको सहभुक्तानीबापतको रकम बीमितबाट लिने व्यवस्था बोर्डले लागू गरेको छ।

बोर्डले सो व्यवस्थाअनुसार नभई बीमितलाई प्रत्येक पटक इन्भेस्टिगेसन गर्दा, औषधि लिँदा सहभुक्तानी पनि तिराउँदै जाने गरेको पाइएकोमा ध्यानाकर्षण भएको जनाएको छ। यो बीमितका लागि दोहोरो सहभुक्तानी लागू भएसरह हुने हुँदा त्यसो नगर्न पनि बोर्ड निर्देशन दिएको छ।

कतिपय अस्पतालहरुले बिरामी भर्ना हुँदाका बखत बीमितबाट अग्रिम डिपोजिट लिने गरेको भन्ने गुनासो प्राप्त भएको पनि बोर्डले जनाएको छ। उक्त कार्य नगर्न र नगराउनसमेत बोर्डले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS