IME Life New

स्वतः निलम्बनमा परेका सीईओहरुलाई कार्यालय गएर काम नगर्न बीमा प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमक र बीमक जोडिएको मुद्दामा सम्पत्ति शुद्धीकरण निवारण ऐन र बीमा ऐनअन्तर्गतको कसुरमा अभियुक्त ठहर्याइएका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई कार्यालयमा गएर काम नगर्न निर्देशन दिएको छ।

सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालत र विशेष अदालतमा दुई पुनर्बीमक, ५ लघु बीमक र एउटा जीवन बीमकका सीईओका साथै सञ्चालक समितिका पदाधिकारी र अन्य उच्च तहका कर्मचारीहरुविरुद्ध अभियोगपत्र दायर गरेको थियो। ‘तीमध्ये सम्पत्ति शुद्धीकरण निवारण ऐन र बीमा ऐनअन्तर्गतको कसुरमा अभियुक्त ठहर्याइएका सीईओहरुलाई कार्यालयको काम नगर्न भनेर पत्र नै काटेर निर्देशन दिइएको छ’, प्राधिकरणका उपनिर्देशक विरोध भट्टले भने, ‘अब अभियुक्त ठहर्याइएका बीमकका सञ्चालक र अन्य कर्मचारीलाई पनि यस्तै निर्देशनात्मक पत्र पठाउने तयारी भइरहेको छ। धितोपत्र ऐनबमोजिम अभियुक्त ठहर्याइएकाहरुलाई भने नेपाल धितोपत्र बोर्डले पत्र पठाएपछि मात्र बीमकहरुलाई पत्र काटिनेछ।’

Esewa
Crest

अदालतमा अभियोगपत्र दायर भएसँगै स्वतः निलम्बनमा पर्ने कानुनी प्रावधान हुँदाहुँदै पनि केही बीमकका सीईओ, सञ्चालक र कर्मचारीहरु कार्यालयमा नियमित हाजिर भएर काम गर्दै थिए। ‘अदालतमा मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा पर्ने प्रावधान छन् तर केही बीमकमा निलम्बनमा परेका सीईओहरु हाजिर भएर काम गरिरहेको जानकारी प्राप्त भएपछि पत्र पठाइएको हो’, भट्टले भने, ‘बीमकका थुप्रै सञ्चालक र कर्मचारीविरुद्ध अभियोगपत्र दायर भएकोले पत्र काट्न केही दिन लाग्नेछ।’

बीमा ऐनको दफा १४२ मा दफा १४० अन्तर्गतको कसुर गरेकाहरुविरुद्ध अभियोग लागेको अवस्थामा स्वतः पदबाट निलम्बन हुने प्रावधान छ। यसबाहेक सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २७ मा दफा २२ बमोजिमको मुद्दा दायर भएकोमा मुद्दा किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने प्रावधान छ।

बीमा ऐन उल्लंघन गरेकाहरुविरुद्ध प्राधिकरणले दुई प्रकारको कारवाही गर्न सक्छ। पहिलोमा प्रत्येकलाई व्यक्तिगत रुपमा २ लाख रुपैयाँ जरिवानाको सजाय गर्न सक्छ। दोस्रो विकल्पका रुपमा ऐन उल्लंघन गरेकोमा उनीहरुले अदालतबाट यो अभियोगमा सफाइ पाएर पद बहाली गरेमा प्राधिकरणले पुनः निलम्बनको कारबाही समेत गर्न सक्छ। स्वतः निलम्बनमा परेकालाई अहिले प्राधिकरणले पत्र पठाएर काम नगर्न निर्देशन दिएकोले अटेर गरेमा थप कानुनी कारबाही अगाडि बढाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS