काठमाडौं । स्कोडा नेपालले सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई अझै बढी पहुँचयोग्य बनाउनका लागि एक नवीन फाइनान्सिङ योजना घोषणा गरेको छ । स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन (आईसीई) सवारी साधन खण्डमा पहिलो पटक वार्षिक ६.९९ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधनलाई ८० प्रतिशतसम्म फाइनान्सिङ प्रदान गर्नेछ ।
यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुनः परिभाषित गर्दै ग्राहकलाई विद्युतीय सवारी साधनको जस्तै स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यो फाइनान्सिङ योजना प्रायः ग्राहकलाई प्रिमियम सवारी साधनको स्वामित्व लिनबाट रोक्ने उच्च अग्रिम लागतहरूलाई सम्बोधन गर्न सुरु गरिएको कम्पनीले जनाएको छ ।
स्कोडा नेपालले अतुलनीय विलासिता, सुरक्षा र विश्वसनीयताको लागि परिचित स्कोडा सवारी साधनहरूको आनन्द लिनका लागि वित्तीय अवरोधहरू कम गरेर ठूलो सङ्ख्याका ग्राहकहरूलाई सशक्त बनाउन लागेको हो ।
यो विशेष फाइनान्सिङ योजना सीमित अवधिको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । सम्भावित ग्राहकहरूलाई अति अनुकूल हुने सर्तहरूमा स्कोडा गाडीको स्वामित्व लिन पाउने यो विशेष अवसरको छिटो फाइदा उठाउन आव्हान गरिन्छ । यसअफरको बारेमा थप जान्न चाहने ग्राहकहरूलाई नेपालभरका स्कोडा शोरूमहरूमा भ्रमण गर्न आमन्त्रित गरिएको छ।
शोरुममा फाइनान्सिङ विकल्पहरूको बारेमा विस्तृत जानकारी प्रदान गर्न र स्कोडा सवारी साधनहरूको दायरा प्रदर्शन गर्न जानकार प्रतिनिधिहरू उपस्थित हुनेछन् जसले गर्दा प्रत्येक ग्राहकले आफ्नो आवश्यकता अनुसारको विकल्प रोज्न सक्ने छन् ।

















