IME Life New

सेयरबजार घटेकोप्रति राष्ट्र बैंक चिन्तित, धितोकर्जाको सीमा ८० प्रतिशत बनाउन लगानीकर्ताको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेयर लगानीकर्ताले सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत बनाउन माग गरेका छन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटेर लगानीकर्ताले सेयर बजार सुधारका लागि चार बुँदे माग पेश गरेका छन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोवल इनिसियसन नेपालको प्रतिनिधि मण्डलले गभर्नर नेपाललाई भेटगरी वर्तमान अवस्थाका बारेमा जानकारी गराएको थियो । सो भेटका क्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर बजार निरन्तर घटेकोप्रति राष्ट्र बैंक चिन्तित रहेको उल्लेख गर्दे समस्या समाधानका लागि राष्ट्र बैंकमा छलफल गरिने बताए । साथै बैंकहरुमा निक्षेप धमाधम बढिरहेकाले तरलताको अवस्था सहज हुँदै गएकाले लगानीकर्ता आत्तिनुनपर्ने अवस्था नरहेको गभर्नर नेपालको भनाई छ ।

Esewa
Crest

बजार निरन्तर घट्ने क्रममा रहेको र सेयरमूल्य न्यून विन्दुमा भएको हुँदा वर्तमान समयमा लगानीकर्ता चरम मारमा परेपछि सुधारका लागि गभर्नरलाई माग पेश गरिएको जानकारी गराइएको छ ।

हाल दिदै आएको सेयर धितोकर्जाको सीमा ८० प्रतिशत, पूँजीगत जोखिमको भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्नुपर्ने, प्रत्येक स्थानीय तहमा पहँच पुग्नेगरी वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, सेयर धितो कर्जा प्रवाह गर्दाका बखतमा आएको हकप्रद सेयर तथा बोनस सेयरलाई समेत धितोमा समावेश गर्ने व्यवस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS