IME Life New

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन १ सय रुपैयाँले बढेको सुनको भाउ आज आइतवार स्थिर रहेको हो ।

आज आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रवार पनि छापावाला सुन सोही मूल्यमा खरीदविक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Crest

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतवार चाँदीको मूल्य भने बढको छ । शुक्रवार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज आइतवार १० रुपैयाँले बढेर १ हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS